Monday , April 23 2018
Breaking News

कविता भन्छिन ”ह्या मामु मलाई लाज हुन्न ?”

“आईया ! मामु, राती देखी मेरो पेट निक्कै दुःखी रा’छ ।” ओछ्यानबाटै मिराको स्वर मलिन हुन्छ । १२ बर्ष नाघेर १३ टेकेकी मिरा आज बिहान देखी नै बेचैन छिन ।

“के भयो नानु काहाँ दुख्यो ?” ममीले मायाले सुमसुमाउनु हुन्छ ।

“हेरिस्योन मामु अरु दिनहरु भन्दा केही फरक हुदैछ मसँग । प्लिज मामु हेप्प मी ।” मिराको पिडा अझै बढी रहेको हुन्छ । एक सामान्य तर शिक्षित परिवारको मिरा एक्ली छोरी हुन्छे । ऊ ममीबाबा र दाईसँग बस्छे । आज बिहान देखीनै मिरा पिडाले छट्पटिएकी छे ।

“हिजो केहि नखानुपर्ने चिज त खाएनौ नि ?” आमाको मन बेचैन हुन्छ । “त्यस्तो त केहि खाएको जस्तो लाग्दैन ।” मिरा पेट समाएर घोप्टो पर्छे । “तल्लो पेट दुखी रा’छ । यसरी त कहिल्लै दुखेन ।” मिरा रुन थाल्छे । मामुले अड्कल काटी सक्नु भयो । त्यसो भए मिराको पहिलो महिनावारी रजस्वालाशुरु भएको छ । मामुले सान्तोना दिनुहुन्छ ।

“छोरी केही हुदैन जाऊ पहिला तिमी फ्रेस भएर आउ । यो त्यति ठुलो समस्या होईन । तिमी ठिक छौँ ।”

मिरा केही अन्कनाए जस्तो गर्छै । ऊ हिजो जस्तो फुर्तिली छैन । खहरे जस्तो उर्लिनी मिरा आज समुन्द्र झै सान्त थिई । उसको हाउभाउ गम्भिर थियो ।
“सरी मामु मैले केहि गल्ति गरेँ । तर कसरी भयो मलाई थाहा छैन । मामु हेरिस्योन मेरो ओछ्यानमा यो रगत कहाँबाट आयो रु मलाई किन यत्ति धेरै पेन भै रहेको छ ? ” ऊ आत्तिएकि छे । रुन थाल्छे ।

“केही हुदैन बेटा सब ठिक हुन्छ । तिम्रो पिडा म बुझ्छु । जाऊ पहिला तिमी नुहाएर आऊ अनि सब कुरा भन्छु ।” आज्ञाकारी छोरी मिरा बिस्तारै नुहाउन बाथरुम तिर जान्छे ।

“के को हल्ला हो यो मामु यो । के भयो मिरालाई ?” मिराको आवाजले मनिषको ध्यानआकर्षण गर्छ ।

“केहि होईन, मिराको पहिलो पिरिएड चलेछ । म किचेनमै बिजि छु उसको लागि सुप बनाई दिदैछु । तिमी गएर बहिनिको लागि प्याड किनेर ल्याईदेऊ न छोरा ।”

“ह्या मामु पनि कस्तो कुरा गरिस्याँ ? म जान्छु त प्याड किन्न मलाई लाज हुदैन ?” एक्कासी मनिषको आवाज भरी भयो ।

“कस्तो कुरा ग¥या बाबु ? तिमी जस्तो पढे लेखेको मान्छेले पनि यस्तो सोच्नु हुन्छ ? यत्ति सङ्गकुचित सोच तिम्रो ।” आफुले सोचेको भन्दा उल्टो जवाफ पाएर मामु मलिन हुनुभयो ।

“मैले मात्र होईन मामु सबले यहि गर्छैन् । मिराले आफै ल्याई हाल्छे नि म जान्न ।” मनभरी संकोच लिएर मनिष आफ्नो कोठा तर्फ हानियो । मनिष मात्र होईन मनिष जस्तै हजारै पुरुषहरुलाई मिराको पिडा, पिडा लाग्दैन । हुन त प्रकृतिक रुपमै हुने यो चक्रले महिलाको पिडा केवल महिला मै सिमित भएको छ । हुन त पुरुषले उसको पिडा हटाउन त सक्दैन तर केहि हद सम्म कमगर्ने भने सक्छन् । यदि उसले बुझ्यो भने ।

मिरा नुहाएर आई सकेकी हुन्छे । ऊ अझै पनि कन्फ्युज छे । उसको पेट अझै दुखि रहेको छ । ममीले हटब्यागमा पानी तताएर पेट सेक्न दिनु हुन्छ । प्याड कसरी लगाउनु पर्छ भन्ने कुरा सिकाउनु हुन्छ । मिराले केहि आराम भएको महशुस गर्छे । मिरामा अचानक आएको यस्तो प्रकृयाले ऊ निरास छे । डराईकी छे । उसले किताबमा पढेको र आफुले भोग्दै गरेको त्यस दिन जिवनमा कहिलै भुल्ने छैन ।

“बधाई छ छोरी । तिमी अब एक पुर्ण नारी बन्यौ । तिम्रो महिनावारी सुरु भयो । अब प्रत्येक महिना महिनामा तिमीले यो कष्ट सहनु पर्छ । र यसले यो सावित गर्छ कि तिमी आमा बन्न सक्षम हुनेछै ।” सायदै यस्तो बेलामा बधाई दिने व्यत्ति कम नै हुन्छन् । मिरा को बैचनि अझै बढ्दैछ ।
“के भनिस्या मामु केहि बुझिन ।”

“छोरी रजस्वला हुनु भनेको एक नारिको लागि सुखद अनुभव हो । तिम्रो शारिरीक र मानसिक विकास भै रहेको प्रमाण हो । यो कुनै रोग होईन । यो त एउटा समय चक्र हो तिम्रो स्वस्थ्यताको । तिमीमा प्रजनन अंगहरुको विकास हुदैछ भन्ने लक्षण हो ।” आफुले जानेका कुरा भन्दै हुनुहुन्थ्यो ।

“अनि मामु यस्तो दादालाई पनि हुन्छ हो ?” सानि मिराको मनमा अनेकै प्रश्नहरु उब्जन्छन् ।

एउटा मिठो मुस्कानको साथमा मामुले भन्नुहुन्छ, “होईन यो प्रकृया महिलाले मात्र भोग्नु पर्छ , किन कि बच्चा त महिला ले नै जन्माउनु पर्छ । तिमी यो सम्झ कि तिम्रो बेबी जन्माउनको लागि तिमी परिपक्क हुदैछौ । जब तिमी पच्चिस बर्ष कि हुन्छौ तब सम्म तिम्रो २६४ पटक महिनावारी भएको हुन्छ । यस अर्थमा तिमी आमा बन्न सक्षम भै सकेकी हुन्छौ । तिम्रो प्रजनन् अंगहरु पुर्ण रुपमा बिकसित भै सकेको हुनेछ ।”

“प्र्रत्येक महिना यत्ति धेरै पिडा सहनु पर्ने मामु ?” अत्तालिएको स्वरमा मिराले भनि ।

“नानु त्यहि भएर त छोरीलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ । र आमालाई भगवान मानिन्छ । आमा बन्न त्यतिकै सजिलो काहाँ छर रु प्रत्येक छोरीले प्रकृतिक रुपमै निकै कष्ठ सहनु पर्छ । महिनाको त्यो पाँच दिन निकै बिशेष हुन्छ । ” मिराको बाबा आईपुग्नुहुन्छ ।

बाबालाई देखेर मिरा लाजले रातो पिरो हुन्छे ऊ मामुको पछाडि गएर लुक्छे ।

“बाबाले ठिक भन्दै हुनुहुन्छ छोरी । यस्मा लजाउनु पर्ने कुरै छैन । बरु अब तिमीले यो पाँच दिन बिशेष ध्यान दिनु पर्छ ।” मिरा पुलुक्क मामु तिर हेर्छे ।

“ध्यान मामु कस्तो ध्यान रु मैले त सुनेको किचेनमा त जानै हुदैन रे । दाईलाई बाबालाई हेर्न नी हुदैन रे । घाम पनि हेर्न हुदैन रे । अझ अरुकै घरमा बस्नु पर्छ रे कोठामा थुनिएर । मैले छोएको पानि पनि चल्दैन रे ।” मिराको अनुहारको हाउभाउ पुरै बिग्रिन्छ ।

लामो सास फेर्दै बाबाले भन्नुभयो । “तिमीले भनेको यो सब साचो हो । प्रचिनकाल देखी नै चलि आएको नेपालको बिशेष गरी सुदुरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरुमा महिनावारी र सुत्केरी भएकी महिलाहरुलाई निकै कष्ठ छ । यस्तो भएको बेला छाईछुई गर्ने नहुने र यसो गरेमा देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धबिश्वास रहदै आाएको छ ।

धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म पनि मानिन्छ । महिलाहरुले रजस्वला तथा सुत्केरी भएको बेलामा घरका कुनैपनि सरसामान छुनु हुदैन भन्ने अन्धबिश्वास छ । त्यसैले यस्तो बेलामा सुत्केरी तथा रजस्वला भएकि महिलालाई घर भन्दा पर बनाईएको गोठमा बस्न लगाईन्छ र यस्तो गोठलाई नै छाउ गोठ भनिन्छ । उनिहरुको खाना खाने छुट्टै भाडा हुन्छ ।

यस्तो पनि मान्न सक्छौ कि, ति दिनहरुको लागि उनिहरुको संसार नै फरक बनाई दिएका हुन्छन् ।”

बाबाको कुरा नसकिदै मिराले सोधी, “अनि बाबा उनिहरुलाई एक्लै बस्न डर लाग्दैन त ?”

मिराको सिरमा हात राख्दै मामुले भन्नु भयो । “डर मात्र ! यस्तो बेलामा उनिहरुलाई झन बढी केयर र मायाको आवश्क पर्छ । पौष्टिक आहार बिहारको आवश्यक पर्छ । तिमीले पनि समाचारमा सुनेकै हौली छाउगोठमा सुत्केरीको मृत्यु , महिनावारी बारी रहेकी महिलाको बलात्कार । गर्मि मौसममा त झन् साप, बिच्छीको पनि डर हुन्छ । ”

“अनि मामु यो प्रथा सुदुरपश्चिम र मध्यपश्चिमका केही भागहरुमा मात्र छ कि अरु ठाँउमा पनि छ ?” मिराको मनमा अनेकै प्रश्नहरु उब्जीरहेको हुन्छ ।

“नेपालको अधिकांस गाँउमा र परिवारमा महिनावारी बार्ने चलन छ । तर अरु ठाँउमा त्यति कठोर छैन । पाँच दिन सम्म महिनावारी भएकी महिलाले छोएको खादैनन् । भान्सा र पुजा पाठमा बस्न दिदैनन् तर हिजोआज बिस्तारै यसलाई हेर्ने नजर परिवर्तन हुदै आएको छ । तर तिमी चिन्ता नलिउ छोरी , हामी त्यस्तो अन्धविश्वासमा बिश्वास गर्दैनौ ।

तिमी हिजो पनि हाम्री राजकुमारी थियाैं र आज पनि तिमी हाम्री राजकुमारी नै है ।” मिरा मख्ख पदै मामु बाबाको कुरा सुनि रहेकी हुन्छे ।

“तर छोरी तिमीले यस्तो बेलामा आफ्नो व्यत्तिगत सरसफाई र खानपिनमा धेरै नै हेरबिचार गर्नु पर्छ । यस्तो बेलामा संबेदनशिल अंगहरुमा ईन्फेक्सन हुने जोखिम बढी हुन्छ । प्याडको सहि उपयोग गर्नुपर्छ । जस्तो पायो त्यसै कपडा राख्नु हुदैन । दिनदिनै नुहाउनु पर्छ र लुगालाई घाममा नै सुकाउनु पर्छ । यति ग¥यौ भने तिम्रो स्वास्थ्य राम्रो हुन्छ ।” मामुबाबाको यस्तो सपोर्ट देखेर मिरा खुसिले गदगद भईन् ।

“वाऊ आज मैले कति धेरै कुरा थाहा पाएँ । संसारकै बेस्ट माई मम् एड् ड्याड आई लव यू ।” भन्दै मिराले ममीबाबा दुबै लाई अंकमाल गर्छे । त्यहि बेलामा सरी मामु भन्दै मनिष आई पुग्छ ।

“सरी मामु अघि मैले त्यस्तो भन्नु हुन्न थियो । परिवर्तन त आफुबाट पो सुरु गर्नुपर्छ । अरुले यस्तो काम गर्दैन भन्दैमा आफु पनि अबुझ हुने त होईन नि । मेरी बहिनी जस्तै कत्ति दिदीबहिनीहरुले यस्तो पिडा भोगेका छन् । हामीले त साथ पो दिनु पर्छ । जुनबेला हाम्रो आवश्यक बढि हुन्छ त्यो बेला चाहिँ अनेकै बहाना गदै हामी टाडा भाग्छौ । बिचरीको मनमा कत्ति पिर पर्छ होला ।” मनिषले माफी माग्यो ।

“बल्ल मेरो छोराले सहि कुरा बुझ्यो । ठिक भन्यौ छोरा तिमीले । प्रकृतिको नियमलाई कसैले टार्न त सक्दैनन् तर त्यसलाई सजिलो बनाई दिन त हामी सक्छौ नी ।” बाबाले मनिषलाई अंगालोमा बेर्नुहुन्छ ।

यसरी नै प्रत्येक शिक्षित परिवारले मात्र पनि यस्ता कुरितीको तिरस्कार गर्ने हो भने । आमा, छोरी दिदी बहिनीहरुले पाई रहेको पिडा केही हद सम्म कम हुनेथियो । आखिरमा परिवार र माया कै लागि नारी हुन्छिन । नारी नै त एउटा घरको जग हुन्छिन् । महिनाको उन्नाईस दिन माया बाढ्ने छोरी पाँच दिनको लागि पराई हुन्छे किन ? ति पाँच दिन उनि को हुन्छिन त ?

नेपालआजबाट

Leave a Reply