तपाइको बालपनलाई पुन:ताजा गराएर तपाइलाई बालपनमा फर्काउने जुना प्रसाईको तारा बाजी लै लै (भिडियो)

चर्चित गायिका जुना प्रसाईकोआफ्नो नयाँ गीत तारा बाजी लै लै ले पछिल्लो समय अधिकांसको मस्तिष्कमा डेरा जमाउन सफल भइरहेको छ ।

सार्वजनिक गीत ताराबाजी लै लैमा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माको जादुमयी संगीत र रचनात्मक शब्दले सजिएको छ ।

युवराज वाईवाको निर्देशन रहेको भिडियोमा केशव भट्राई, रश्मी भट्ट, अभिज्ञा प्रसाई,एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सब दाहालले छायांकन गरेका हुन् । जसको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

हरेक ब्यक्तिले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले पना र पिर ब्यथा बिना बाँचेको जीवनको सजिव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा हेर्न र देख्न सकिन्छ । गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत लोक आधुनिकको मिक्स फ्युजन भएका कारण यो बच्चा देखि युवा सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ ।

हेर्नुहोस उक्त गीतको भिडियो