भगवान महाबली हनुमानले सबैको संकट हरण गरुन, १३ माघ/जनवरी २७ को राशिफल

आज श्री शाके १९३९ बि. स. २०७४ साल माघ १३ गते शनीबार इश्वी सन २०१८ जनवरी २७ तारीख माघशुक्ल पक्ष दशमी तिथी प्रातः ०६ः५८ बजे सम्म पश्चात एकादशी तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण शिशिर शल्यदशमी स्मार्तहरुको भीमाएकादशीव्रत – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्थीर क्षेत्रको लगानिका निम्ती समय उत्तम रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको अवसर जुट्नेछ । स्थानपरीर्वतनको सम्भाबना रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुने सम्भाबना रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अधुराकार्यहरु सुचारुगर्ने समय उत्तम रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । खुशिको खवरले मन प्रशन्न रहनेछ । पारीवारिक साथ सहयोगमा बृद्धि हुने योग रहेकोछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ लगानिका क्षेत्रमा सजग रहनु पर्नेछ । मनोरञ्जनका निम्ती अधिक खर्चको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आय आर्जनका निम्ती समय उत्तम रहेकोछ । नयाँ कार्यको प्रारम्भले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । समय मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहनगर्नु पर्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सरीक हुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिलकार्य सम्पादित रहनेछन साथै मानसम्मान प्राप्तीको योग रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

यात्रा मनोरञ्जन पुर्ण रहनेछ । पुराना मित्रहरु सगँको भेटले मनमा उत्साहा जाग्नेछ । नयाँ कार्यको थालनिले भाग्योदय हुन सक्ने सम्भाबना रहेको छ । अरुको निम्ति सामान्य खर्च गर्नु पर्ला । मान्यजनको साथसहयोग प्राप्त हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । पती पत्नि बिच मन मुटाब हुन सक्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।