केहि महिनाअघि पोर्चुगल पुगेकी नेपाली युवती चेतमायाको दुर्घटनामा परि मृत्यु

पोर्चुगलको राजधानी लिस्बोन नजिकै सडक दुर्घटनामा परेर चितवनकी २५ बर्षीया नेपाली चेली चेतमाया कुलालको घटनास्थलमै मृत्यु भएको हो।मृतक तामाङ्ग केही महिनाअघि मात्र पोर्चुगल गएकी थिइन

उक्त दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् भने घाइते मध्ये अनिशा विश्वकर्माको अवस्था गम्भीर रहेको छ।घाइते हुनेहरुमा अनिशा विक,अल्का भेटवाल,आरती श्रेष्ठ राई, एषा बर्तौला र तुफेल मोहम्मद छन्।

बिहिबार स्थानीय समयअनुसार बिहान ७ बजेतिर काममा जाँदै गर्दा चालकको लापरबाहीका कारण दुर्घटना भएको घाइतेहरूले बताएका छन् ।गाडी पाकिस्तानी चालकले चलाएका थिए।

प्रकाशित मिति : २०७४ माघ १२,शुक्रबार