राजकुमारले अस्मितालाई “पिपल छेउ बर सार” भनेपछि (भिडियो सहित)

विराटनगर , माघ १०
विन्ध्यावासीनी म्युजिक प्रालीको प्रस्तुतिमा राजकुमार काफले र रमेश पुलामी को “पिपल छेउ बर सार”गायक राजकुमार काफले र गायिका अस्मिता श्रेष्ठको स्वर रहेको “पिपल छेउ बर सार “बोलको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

लक्ष्मी सिमालीको शब्द र सरोज लामिछानेको संगितमा रहेको गितमा माया प्रेममा परेका युवायुवतिको मनका बहहरुलाई गितमा उजागर गरिएको छ । मायाका मिठा मिठा गफहरु ग्र्नको लागी मायालु जोडिहरुले बर छेउमा बसेर सुख दुखका भावहरु व्यक्त गर्ने गर्दछन । यिनै विषयलाई गितको माध्यमबाट समेटिएको छ ।
नेपालका चर्चित कलाकारहरुलाई स्थान दिएर स्थापित बनेको विन्दाबासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।यो गीतको भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेका छ । “पिपल छेउ बर सार” भिडियोको छायाँकन अजय रेग्मी गरेका छन् भने सम्पादन रमित ओलीको रहेको छ ।गितलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।