“जिबन पनि आधा होला” गायिका दिपा तामाङको बोलको गीत सार्बजनिक

काठमाडौँ

इलाममा जन्मे, हुर्कें । बुधबारेबाट एसएलसी (प्रवेशिका) र झापा विर्तामोडबाट आइए (प्रवीणता प्रमाणपत्र तह) पास गरेँ । सानैदेखि गीत/संगीतमा रुची राख्ने । एसएलसीपछि नै आइए पढ्न विर्तामोड पुग्दा दाजु महेन्द्र राईसँग भेट भएको थियो । गीत त्यसअघि घरमा पनि गाउँथे, गाउँलेलाई मैले गीत गाउँछे भन्ने थाहा थिएन होला सायद । पढाईलाई निरन्तरता दिनेक्रममा अतिरिक्त क्लासको रुपमा विर्तामोडमा एक वर्ष शास्त्रीय संगीत पनि सिक्न गईन । त्यही बेलातिर
महेन्द्र मिलेर कभर सङ (अरुको गीत) गाए । त्यसपछि महेन्द्र र दिपा को आवाजमा पहिलो एल्बम ‘पर्खाई’ रेकर्ड भयो । जुन गीतको शब्द महेन्द्र र भक्त भण्डारीले लेख्नु भएको छ । यति खेर दिपा एल्बम निकाल्ने, पढ्ने र भ्याएको बेलाबेला मा हुने कन्सर्टमा महेन्द्र सँगसँगै गीत गाउँदै बय्स्ता छिन् l

गायिका दिपा तामाङको “जिबन पनि आधा होला खुशिहरु साधा होला तिमि बिन एक्लै एक्लै यात्रा गर्न बाधा होला” बोलको गित सार्बजनिक भएको छ । कुलरुगमग राई को उत्कृष्ट शब्द रचना मा रहेको गितमा सुमधुर संगीत राजशुक्र लिम्बुको रहेको छ l यस आघि पनि राजु लामा , राजेश पायल राइ संग गित रेकर्ड गरिसकेकी छिन् l कभर सङ गाउदा गाउदै अहिले आफ्नै रेकर्ड गर्न ब्यस्त दीपा तामाङ लाइ निर्मला भनेर पनि बोलाइन्छ । – तिनजुरे अनलाइन

हेर्नुहोस भिडियो