४० को टिकटमा १८ लाखको कार जित्ने बालक यिनै हुन् ! जो मृगौला पिडित छन्

गौलामा पत्थरी भएर उपचार गर्न पोखरा आएका कुश्मा पर्वतका १५ वर्षीय सन्दिप पौडेल ४० को टिकटमा १८ लाख रुपैयाँको गाडी पाउने भाग्यमानी बनेका छन्।

साविकको पकुवा गाविस वडा नं. ८ हाल कुस्मा नगरपालिकाका सन्दीप पौडेल माघ ४ गते उपचारका लागि पोखरा आएका थिए।

संघले उनलाई आउँदो आइतबार अर्थात माघ १४ गते बिहान संघको सचिवालयमा एक औपचारिक कार्यक्रम गरी कार हस्तान्तरण गर्ने तय भएको छ। अप्रत्याशित कार उपहार प्राप्त गरेका सन्दिप यतिबेला पर्वतमा छन् भने उनका बुबा नारायण पौडेलले आफू कार चढेर हिँड्ने हैसियतमा अहिले नभएको भन्दै सन्दिपको उपचार र पढाइका लागि कार बेच्ने बताएका छन्।