अरुसंग रमाउने मनोज गजुरेल परिवारमा रमाउन सकेनन

नेपालका हाँस्य क्षेत्रका एक चर्चित व्यक्ति मनोज गजुरेलले आफ्नो वैवाहिक जीवनलाई भने हँसाउन सकेनन । दुई दशक लामो वैवाहिक जीवन पश्चात गजुरेलले पत्नी मीना गजुरेलसंग कानूनी रुपमा सम्बन्ध विच्छेद गरेकाछन । गजुरेल दम्पतिले गत पुस महिनादेखि नै कानूनी रुपमा अलग भएका हुन् ।सम्बन्धल विच्छेदको समाचार उनीहरुले सार्वजनिक नगरेता आफूहरुले वैवाहिक सम्बन्धको ‘ह्पाप्पी इण्डीङ’ गरेको कुरा गजुरेलले स्वीकारेका छन् । दुवै पक्षको पारिवारिक सहमति र सल्लाह पछि व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग भएका हुन् । सम्बन्ध बिच्छेद पश्चात मीनाले बुटिक सञ्चालन सुरु गरेकि छन् भने मनोज बिर्सेर नियमित कार्यमा लाग्दै आएका छन । हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध बिच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभ चिन्तक पनि आश्चर्यमा परेका छन । एक आपसमा पर्याप्त समय दिन नसक्नु र विश्वासको वातावातन सृजना हुन नसक्नु नै वैवाहिक जीवनको अन्त हुने मुख्य कारण हुने गर्दछ । सायद यिनै कारणले गर्दा मनोज र मीनाको पनि सम्बन्धले निरन्तरता पाउन नसकेको हुन सक्छ । – गोर्खा रेडियो यूके