एक क्षमतावान नेपाली महिला सभासद हुनलाई यति गुण काफी छैन र?

काेमल वली एक महिला हुन्
उनी एक नेपाली नागरिक हुन्
उनी एक राष्ट्रिय धाविका हुन्
दाेहाेरीमा छ पटक राष्ट्रिय विजेता हुन्
वक्तृत्वकलामा राष्ट्रिय च्याम्पियन भई
जापान गएकी प्रथम नेपाली महिला हुन्
साेसियाेलाेजीलगायत कम्तिमा तीन विषयमा डिग्री हाेल्डर हुन्,
उनी समाचार वाचिका तथा कार्यक्रम प्रस्ताेता हुन् ,
राजेश हमालसँग फिल्म खेलेकी फिल्मी कलाकार हुन् ,
राई झुमा, बाँझाे खेत र पाेईल जान पामजस्ता गितका गायिका पनि हुन्।
ल अब भन्नुस्

कस्ता कस्ता——–हरु सभासद भएकाे याे देशमा
एक क्षमतावान नेपाली महिला सभासद हुनलाई यति गुण काफी छैन र?
उनीसंग जेल बसेको अनुभब छैन होला ,जेल बस्न थालेको भए अध्ययन गर्ने मौका मिल्थेन होला । (एक जनाले पोस्ट गरिदिनुहोस भनेर अनुरोध गरि इनबक्समा पठाएको )
केदार घिमिरेजी वाल बाट साभार :