कमल ओलीको स्वर र संगितमा “चर्कायौ यो छाती” (भिडियो सहित )

रोशन पोखरेल , विराटनगर ,माघ ९
मेसना डिजिटल प्रालीको प्रस्तुतिमा कमल ओलीको “चर्कायौ यो छाती”को म्युजिक भिडियो सार्बजनिक भएको छ । कमल ओलीको प्रस्तुती तथा लय सिर्जना रहेको गीतमा शव्द पवन ओलीको रहेको छ । चर्चित लोक तथा दोहोरी गायीका बिष्णु माझी र कमल ओलीको स्वर रहेको उक्त गितको म्युजिक भिडियो अहिले सांगितिक बजारमा लोकप्रिय बन्दै गएको छ । मोडल बिमल अधिकारी र सारिका केसीको अभिनय रहेको गितको भिडियोमा कपिल लामाको निर्देशन रहेको छ । छायांकन सुरेश श्रेष्ठले गरेका छन् , भने भिडियो सम्पादन सुजन शाहीले गरेका छन् । दृष्य निर्माण लगायत अडियो तथा भिडियोलाई मेशना डिजिटल प्रा.लीे मार्फत बजारमा आएको छ ।
हेर्नुहोस भिडियो