कान्छिको ट्रेलर रिलिजमा स्वेता खड्का आमाकै अघी भक्कानिएर रोइन (हेर्नुस पुरा भिडियो )

कान्छिको ट्रेलर रिलिजमा स्वेता खड्का भक्कानिएर रोइन । बर्ष २०७४ को प्रतिक्षित फिल्म मध्येको एक मानिएको ‘कान्छी’को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गर्यो । मुख्यतः दयाहाङ राई र श्वेता खड्का स्टारर फिल्मको ट्रेलरले रोमान्स, रोदन र द्वन्द्वलाई बोलेको छ ।

ट्रेलरमा कान्छी बनेकी श्वेता पाउन दयाहाङ लागि परेको देखाइएको छ भने कामेश्वर चौरासियाले लैङ्गिक समानताका कारण सम्बन्ध जोड्न नपाउँदाको पीडा पनि उल्लेख गरिएको छ । लिड कलाकार भनिएका प्रज्वल सुजल गिरी र अनु शाह भने फिचर छैनन् ।

आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ मा रिलिज हुँदैछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व निर्देशन छ भने सम्पादनको काम बनिष शाह र भुपेन्द्र अधिकारीले गरेका छन् । यसअघि सार्वजनिक ‘चरी चट्ट परी’ बोलको ‘कान्छि’ फिल्ममा समावेश गीतले ५० लाख बढिको भ्यूज युट्युवमा पाईसकेको छ । श्वेता यो फिल्मकी निर्मात्री हुन् ।[youtube https://www.youtube.com/watch?v=WOTr4ue6zek&w=560&h=315]