सिमा सुबेदीको सहयोग सार्बजनिक भयो आफ्नै लाइव भिडियो मार्फत : भिडियो

स्कटनेपाल युके, 

गोर्खाल्याण्ड आन्दोलनको बिषयलाई लिएर नेपालीहरुमाथि तथानाम गालीगलौज गर्ने भारतीय कलाकार सिमा सुबेदी पुनः नेपालीहरुकै लागि फेसबुक कै पटक लाइभमा आएकी छिन ।

केही दिन अगाडी आफ्नो फेसबुक फ्यान पेजमार्फत लाइभ आएकी सुवेदीले यसपटक भने आफु अन्य कामभन्दा पनि ब्लड क्यान्सरबाट ग्रसित एक नेपाली बालिकालाई सहयोग गर्ने मनासयले लाइभ आएको बताएकी थिइन । आजको आफ्नो फेसबुक फ्यान पेजमार्फत लाइभ आएकी सुवेदीले ४ बर्षकी क्रिष्टिनालार्इ ब्लड क्यासर भएको र उपचार खर्च अभाव भएका कारण उपचारमा समस्या भएको भन्दै उनले आफ्नो सहयोग गरिसकेको जानकारी तलको भिडियोमा दिएकी छन् |

हेरौ उक्त भिडियोमा उनले गरेको सहयोग सम्बन्धित बिस्तृत जानकारी सहित उनकै लाइव भिडियो !