कोमल वली एमालेबाट राष्ट्रियसभा सांसद, छानिए यी १३ उम्मेदवार

काठमाडौँ ।

नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रियसभामा पठाउने उम्मेदवारको टुंगो लगाएको छ । सोमबार राती अबेर सकिएको एमाले स्थायी समितिको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दिउँसोदेखि बसिरहेको बैठकले राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदवारको टुंगो लगाउनुका साथै पार्टी एकता लगायतका बिषयमा पनि छलफल गरेको एमाले स्रोतले बताएको छ ।

नाम तय भएका राष्ट्रियसभा उम्मेदवारहरुमा चर्चित गायिका कोमल ओली पनि परेकी छन् । एमाले स्थायी समितिको सोमबारको बैठकले ओलीलाई प्रदेश नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चर्चित गायिका तथा समाचारवाचिका ओली केही महिना अघिमात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेका थिइन् । उनी दाङ जिल्लाकी स्थानीयवासी समेत हुन् । प्रदेश नम्बर ५ बाटै युवा खिमलाल भट्टराईलाई एमालेले राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश नम्बर ६ बाट एमालेका नेता गोरखबहादुर बोगटीकी धर्मपत्नी कविता बोगटीले महिलातर्फबाट राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तो छ तीन वटा प्रदेशका एमाले उम्मेदवारहरुको नामावली:

प्रदेश नं ७:

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६ :

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५ :

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

(इमान्दारमिडिया)

कोमल वली अरु के के भन्छिन यो भिडियो पनि हेरौ !