मौलिक सिंगारु गित ‘तोला साइले ख्याल मानौला’ को भिडियो सार्वजानिक (भिडियो सहित)

नेपालको मध्यपश्चिमाञ्चल तिर प्रचलित मौलिक सिंगारु गित ‘तोला साइले ख्याल मानौला’को म्युजिक भिडियो सार्वजानिक भएको छ । पछिल्लो समयमा नेपाली सांगितिक बजारमा आएको बिकृतीलाई मध्यनजर गर्दै र आफ्नो कला र संस्कृती जगेर्ना गर्नको लागि सो गित बजारमा ल्याइएको यसै गितका सर्जक तथा गायक प्रेम बहादुर बुढा मगर बताएका छन् । मौलिक सिंगारु गितका म्युजिक भिडियोहरु अहिले सम्म ४÷५ वटा मात्र बनेको र अहिले सम्म बन्दै आएको भिडियो भन्दा यो भिडियो फरक भएको र खास संस्कृति जगेर्ना गर्न खोजिएको यसै गितमा अभिनय गरेका मोडल ललित मगरले बताएका छन् । साथै यस गितमा ग्रामिण भेगमा पराम्परागत शैलीमा ३÷४ जनाको समुहमा सारी लगाएर पुरुषहरु नाचेको र अहिलेको चलनचल्तीको शैलीलाई पनि कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको हुनाले यो भिडियो अहिले सम्म बन्दै आएको सिंगारु गितका भिडियोहरु भन्दा केही फरक भएको मोडल ललित मगरले जानकारी दिएका छन् ।

साथै मौलिक गितका लोकप्रिय निर्देशक र यसै म्युजिक भिडियोका पनि निर्देशक यम गुरुङ्गले अहिले सम्म आफुले निर्देशन गर्दै आएको भिडियो भन्दा पृथक र आशलाग्दो र संस्कृति संग एकदमै नजिक रहेर भिडियोको निर्देशन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । त्यसैगरि यस गितमा गायक प्रेम बुढा मगरलाई गायनमा कमला पुनले साथ दिएकी अभिनयमा मोडल ललित मगरलाई तारा पुनले साथ दिएकी छिन् ।

[youtube https://www.youtube.com/watch?v=5u_jABW5I6s&w=560&h=315]