Wednesday , November 22 2017
Breaking News

आशा लामा  अछुत र रमेश कोइराला, शर्मिला ढकाल कुन आधार मा पवित्र ?

हालसालै राजदूत नियुक्ति  प्रसंग विवादित बनेको थियो | विवाद को मुख्य कारण के देखियो भने मैनपावर व्यवसायी लाई किन राजदूत का लागि प्रस्तावित गरियो ?राजदूत चयन  विवाद  चरम उत्कर्ष मा पुगे पछि सरकार ले विवादास्पद भनिएका नाम फिर्ता गर्ने निर्णय गर्यो तर राजदूत बाट नाम फिर्ता लिंदा काँग्रेस बाट प्रस्तावित  आशा लामा को नाम मात्र फिर्ता गरियो |यदि विवाद को जरो  राजदूत हुने व्यक्ति मेनपावर व्यवसायी हुनु हुदैन भन्ने थियो भने आशा लामा लाई मात्रै किन बलि को बोको बनाईयो ?
उल्लेखित प्रसंग एक उदाहरण मात्रै हो नेपाल मा कानुनि राज्यको शासन स्थापित गर्ने कुरा त् गरिन्छ तर अन्त मा गएर कानुन को लठ्ठी कम्जोर माथि नै बज्रिन्छ त्यसको उदाहरण हो राजदूत बाट आशा लामा को नाम फिर्ता हुनु हो ?आशा लामा यदि अछुत हुन् भने रमेश कोइराला र शर्मिला ढकाल कुन आधार मा पवित्र भए ? स्मरण रहोस झलनाथ खनाल ले लार्केल लामा लाई मन्त्रि बनाउदा नेपाल को मिडिया देखि नेता समेत लार्केल को विपक्ष मा उभ्भिएका  फलस्वरूप लार्केल लाई मन्त्रीपद बाट अपमानित गरेर बर्खास्त गरियो | यहि कुरा आशा लामा को प्रकरण मा देखिए को छ ,आशा लामा को नाम फिर्ता लिनु का साथै यो प्रसंग सेलाए को जस्तो प्रतित हुन्छ किन भने नेपाल मा कानून को लठ्ठीमा वर्ग जाति अनुहार  छर्लंग रुप मा तोकिएको देखिन्छ | माधव नेपाल को प्रधानमन्त्रित्व काल मा हनकंग को राजदूत नियुक्ति प्रसंनग मा पनि ठुलो विवाद उठे को थियो विवाद को कारण थियो हनकंग मा आदिवाशी मूल का नेपाली समुदाय को धेरै संख्या मा बसोबास भएको हुनाले हंगकंग को राजदूत नियुक्त गर्दा आदिवाशी राजदूत को नियुक्ति गर्दा राम्रो हुने भन्ने त्यहाका नेपाली समुदाय को माग थियो तर माधव नेपाल ले कानुन को धज्जी उडाउदै  राजदूत हुन् का लागि मापदण्ड न पुगेका आफ्नो भाई लाई हंगकंग को राजदूत बनाएर नै छाडे ?
रमेश कोइराला ,शर्मिला ढकाल र आशा लामा तिनै जना मेनपावर व्यसायी हुन् रमेश कोइराला कुन आधार ले पवित्र घोषित भए ?शर्मिला ढकाल लाई पवित्र बनाउन विजय गच्छेदार  जोर सोर ले लागेको समाचार छ | दुर्भाग्य के छ भने दुर्गन्धित गच्छेदार रुपी गंगाजल को छिड्काव ले शर्मिला ढकाल पवित्र घोषित भएकी छिन् ? के यहि हो कानुनी शासन कानुनी शासन को अवधारणा को स्वरुप यस्तै हुन्छ त्? नेपाल मा नियम को निर्माण त् भयो तर नयां कार्यानवयन गर्ने स्थान मा खोट नियत हरु को बोलबाला भयो | नेपाल का नीति निर्माता हरु कुवा को भ्यागुता मात्र भएर बस्नु भएन ,नेपाल लाई समृद्ध राष्ट्र बनाउनु छ भने फराकिलो सोच को विकाश गर्नु अत्यन्त जरुरि छ | समावेशी गणतन्त्र नेपाल भनिन्छ तर खोइ समावेशी ,सबै लाई समान अधिकार को कुरा गरिन्छ तर खोइ अधिकार ,पूर्वाग्रह  रहित राज्य संचालन को कुरा गरिन्छ तर खोइ पूर्वाग्रह रही राज्य संचालन गरेको उदाहरण ?
प्रसंग पुनः  राजदूत नियुक्ति प्रसंग तर्फ आशा लामा राजदूत को मापदण्ड का लागि अनुपयुक्त  हुन् भने  राजदूत बाट नाम फिर्ता गरिएको कुरा  जायज छ र त्यो हुनु पनि पर्छ तर समान पृष्ठभूमि का रमेश कोइराला र शर्मिला ढकाल कुन आधार मा राजदूत हुने मापदण्ड का लागि  उपयुक्त साबित भए त्यो सरकार ले जनता समक्ष खुलाउनु पर्छ |नेपाल का नेता हरु ले समय को परिवर्तन का कुरा त् गरे तर समय ले कुन प्रकार को परिवर्तन खोजेको छ त्यसको धज्जी उडाउने कार्य गरि रहेका छन् जो कि राष्ट्र का लागि अनिस्टकारी  संकेत हो भनि बुझ्न जरुरि छ | नेपाल मा जाति  र अनुहार को आधार मा भेदभाव को रुप मा रहेको सामन्ती संस्कार को  अन्त हुन् अत्यन्त जरुरि छ  र यस्ता विचार लाई  निस्तेज अथवा समुल रुप मा समाप्त गर्न सकिएन भने भविष्य मा   नेपाल र नेपाली  ले न सोचेको दुर्घटना बेहोर्नु सक्छ भनी हेक्का रहोस ?
अमरदीप मोक्तान ,डाडा खर्क ,दोलखा

Leave a Reply