भारतलाई अहिले सम्मकै ठुलो झट्का, चीनले दियो नेपाललाई ६ बन्दरगाह

नेपालले तेस्रो मुलुकसँगको व्यापारमा बन्दरगाह प्रयोगका लागि चीनसँग प्रस्ताव गरेको छ । नेपाल–चीनबीच भएको पारवहन सम्झौताअनुसार नेपालले चीनका ६ वटा बन्दरगाह प्रयोगका लागि प्रोटोकल प्रस्ताव गरेको वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले जनता पोष्टलाई जानकारी दिए ।
चीनले प्रोटोकललाई अन्तिम रूप दिएपछि नेपालले चीनको बन्दरगाहमार्फत् तेस्रो मुलुकसँग कारोबार गर्न बाटो खुल्नेछ । यसले भारतसँगको एकाधिकारको पनि अन्त्य हुनेछ ।
वाणिज्य मन्त्रालय स्रोतका अनुसार, प्रस्ताव गरिएका ६ चिनियाँ बन्दरगाहमा सामुद्रिक तथा सुख्खा दुवै प्रकारका छन् । ‘प्रस्तावितमा तीनवटा बन्दरगाह तेन्जिङ, क्वाङ्चाउ र साङ्घाई छन्,’ स्रोतले भन्यो, ‘यी तीनवटै सामुद्रिक बन्दरगाह हुन् ।’ बाँकी तीनवटाबारे भने उनले खुलाउन चाहेनन्।
काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकको दूरी हेरेर बन्दरगाह तथा रुटहरू प्रस्ताव गरिएको ती अधिकारीले बताए । प्रस्तावितमध्ये तेन्जिङ बन्दरगाह काठमाडौंबाट तीन हजार ५ सय किलोमिटरको दूरीमा छ, जुन चीनका अन्य बन्दरगाहको तुलनामा नेपालबाट सबैभन्दा नजिक हो । तेन्जिङ चीनको राजधानी बेइजिङबाट पनि नजिकको दुरीमा रहेको छ । यद्यपि सिगात्सेदेखि तेन्जिङसम्म सोझै रेलमार्ग जोडिएको छैन ।

[youtube https://www.youtube.com/watch?v=SZfQ8hKCn_g&w=640&h=360]