देश-जनतालाई नंग्याएर सुविधा लिने राष्ट्र लुटेरा भूपू विशिष्टहरुबाट देशलाई बचाऊ, रविको खुलासा

भुतपुर्वहरुको सेवा सुविधा अभुतपुर्व हुँदैछ । देशका भुतपुर्वहरुका बिषयमा चर्चा नगरी बस्न मिल्दैन । मुलुकमा आज यत्रो परिर्वतन आएको छ । विश्व कै अभ्यासमा सर्वोत्कृष्ठ मानिने व्यवस्थ मुलुकमा भित्राउने सम्पुर्ण नेता ज्युहरुलाई राज्यले सम्मान गर्नै पर्छ । सुख दिनै पर्छ, सुविधा दिनै पर्छ । तर कति ? यो विकाशोन्मुख गरिब मुलुकले आफ्ना भुतपुर्वहरुलाई आफ्नै हैसियत अनुसारको सुविधा न दिने हो । प्रत्येक ब्यक्तिले राज्यबाट सुविधा लिँदा एउटा कुरा बिर्सन मिल्दैन कि तपाईले सुविधा लिँदा चडेका गाडी, बसेको घर, थापेको तलब भत्ता मा ३ करोड नेपालीको पसिना मिसिएको छ ।

जनताले १० नङ्ग्रा खियाएर अहोरात्र खटेर कमाएकोे पैसाको कर राज्यको कोषमा जम्मा हुन्छ र त्यही पैसा खर्च गरेर बहालवाला वा भुतपुर्वलाई सुविधा दिईन्छ । त्यसै कारण गाडी र घरमा महंगो महंगो अत्तर छरेर पनि मेटाउन नसकिने हाम्रो पसिनाको गन्ध तपाईले सुघ्नै पर्छ । तर जनता ख्याउटे मरनच्यासे तर नेता चिल्ला चाप्ला राता पिरा सधै भइरहने हो भने त परिर्वतन को औचित्य नै सकिन्छ । रिटार्यड विशिष्टहरुलाई सुविधा दिन कन्जुस्याई गर्नु पर्दैन तर यसो सोचौ त । जनताले सुख पाएको भएपो भुतपुर्व ज्युहरुलाई सुविधा दिनु ।

चिसोले कठ्याङग्रिएर, निदाउन नसकेका जनताको छानो हेर्नुभएको छ ? तपाईको घरको एसी र गाडीको एसी त कुनै दिन पनि विग्रीएको छैन होला । एक जोर चप्पल देख्न नपाएका जनताको पट्पटी फुटेका गोडा छाम्नुभएको छ ? गोडाका त कुरै छाडीदिनुस, तपाईका ब्राण्डेड जुत्ताले पनि अचेल हिलो र धुलोसँग नाता तोडीसके । रोगै पिच्छेका डाक्टर तपाईको बेडरुमै चाकडी गर्न आउँछन् तर बाँदर लड्ने भिर र नाक ठोकिने उकालो चडेर स्वास्थ्य चौकीमा पुगेका जनताले डाक्टर देख्न नपाएको कति भो ?

औषधीका नाममा सिटामोल र जीवन जल बाहेक नदेखेको कति भो ? तपाईको बे्रकफास्ट , लञ्च र डिनरको मेन्यु र भेन्यु दैनिक चेन्ज हुन्छ, तपाईलाई जिताउने जनताले भरपेट पछिल्लो पटक कहिले खाएका थिए भनेर सम्झिन पनि गाह्रो छ । अब भन्नुस् जनतालाई छानो चाहियो कि तपाईलाई नयाँ गाडी, जनतालाई औषधी चाहियो कि तपाईलाई थप भत्ता । जनतालाई न्यानो कि तपाईलाई एसी ? जीवनको सुख, सुबिधा, पैसा, ऐस आरम त्यो पनि अनलिमिटेड चाहिनेले राजनीति गर्नु हुँदैन, व्यापार व्यवसाय गर्नुपर्छ ।

आफ्ना नागरीकलाई सुख दिएर मात्र सुविधा माग्नु पर्छ वा स्वीकार्नु पर्छ । यो देशको विकास र यस देशका नागरिककोे जीवन उकास्न मैले खासै ठुलो योगदान दिन नसकेकाले म यो राज्यले दिएको सबै सुबिधा राज्यलाई नै फिर्ता गर्न चाहन्छु । यत्ति भन्ने १ जना पनि भएन्न यो देशमा ।

७ होईन २५ गाउँ ठगेका रहेछन् श्याम परदेशीले, सिधा कुरा टिम पुग्यो सर्लाही

सात गाउँ ठग्ने श्याम परदेशीको खोजीमा ‘सिधाकुरा’ टिम सर्लाही पुग्यो – जाली तमसुक बनाएर ७ गांउका ३ सय परिवारलाई ठग्ने श्याम परदशीले दुई दर्जन बढी गांउका अन्य सयौ मानिसहरुलाई ठगेका रहेछन् । सर्लाही जिल्लाको विभिन्त्र गांउबाट पीडितहरु हाम्रो कार्यालय आएपछि हामीले यो विषयमा रिपोर्टिङ गरेका थियौ । हामीले रिपोर्टिङ गरेपछि श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण शाहालाई पटक पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आएन्न् । श्याम परदेशीलाई खोज्न र जाली तमसुक बनाएर ठगिएकाहरुको अवस्था बुझ्न हामी सुर्लाहीको हरिपुर गांउमा पुग्यौ ।

हाम्रो टिम हरिपुर स्थित गिरीजादेवी चौधरको घर पुग्ने वित्तिकै उनि रुन थालिन् । श्याम परदेशीसंग उनका श्रीमान जयप्रकास चौधरीले १ लाख रुपयां लिएका छन् । एक लाखको कागज गरेर उनलाई ८० हजर रुपैयां दिएछ । ८० हजारको ब्याज गरेर उन्ले १ लाख रुपैयाँ बुझाई सकिन् तर अदालतले श्याम परदेशीलाई उनले ३० लाख दिनु पर्ने भनि पक्राउ पुर्जी पठायो । लेख्न पढ्न नजान्ने यो परिवार त्यो पुर्जी आएदेखि रोईरहेको छ । हरिपुरका जयप्रकास चौधरी मात्र होईन् सर्लाहीको, लालबन्दी, पोखरीया, असलमा, बयलवास, नवलपुर लगायत २५ गाउँका गरीब परिवारलाई जाली तमशुख बताएर ठगेका छन् श्याम परदेशीले । तर उन्लाई पनि जिल्ला अदालत सर्लाहीले श्याम परदेशीलाई ९० लाख तिर्नुपर्ने भनी पुर्जी काटेको छ । यति मात्र होईन १२ बर्षकी छोरी आफुसंग रात बिताउन पठाए सवै ऋण मिनाह गरिदिने समेत भनेको पीडितले यस अघिनै बताई सकेकी थिईन ।

श्याम परदेशी अहिले पनि गांउका केही व्यक्तिहरुलाई भेटी तिमीहरुले मिडियामा लविङ नगरे आफुले ऋण मिनाह गरिदिने बताईरहेका छन् । हरिपुरकै पानुदेवी सहानी उनका श्रीमान नायायण सहानी अहिले पनि लुकि लुकि हिडिरहेका छन् । ५ दिन अघि मात्रै उन्लाई खोज्न घरमा प्रहरी आईपुग्यो । उनिहरुले पनि श्याम परदेशीसंग २ लाख रुपयां लिएका थिए । पैसा तिरिसके तर अदालतको २५ लाख तिर्नु पर्ने भनि पुर्जी काटिएको छ । यसरी अदालतको पुर्जी काटिएका सय जना भन्दा बढी छन् ।

प्रहरीलाई प्रभावित पार्न सक्ने ठाउंहरुमा अहिले पनि श्याम परदेशी पीडितहरुलाई तर्साउन प्रहरीको दुरुपयोग गरिरहेका छन् । श्याम परदेशीबाट ठगिएकाहरुको उजुरीका आधारमा यस अघिका प्रमुख जिल्ला अधिकारीले श्याम परदेशीले ठगि गरेको भनि छानविन पनि गरेका थिए । तर श्याम परदेशी आज पनि भागिरहेका छन् । २०७३ साल ११ महिना ३ गते जिल्ला प्रशासन कार्यालयले १५ दिनमा उन्लाई उपस्थित गराउन प्रहरीले पत्र पठाएको थियो । एक बर्ष पुग्न लाग्यो प्रहरी श्याम परदेशीलाई समाउदैन उल्टो पीडितहरुलाई समाउछ् ।

यी त हरिपुरका केही प्रतिनीधि पात्र मात्र हुन् । श्याम परदेशीले ठगेको अन्य दुई दर्जन गाउँमा हामी पुगेकै छैनौ । हरिपुर पुग्दा पनि श्याम परदेशीले आफ्ना मानिस हाम्रो पछाडि पठाएका थिए । लुकी लुकी आफन्तकोमा बसिरहेका श्याम परदेशीले हाम्रो सम्पर्कमा आएका छैनन् भने प्रहरी प्रशासनको सम्पर्कमै छन् ।

न्युज२४ बाट

प्रकाशित मिति: २०७४ माघ ६ , शनिबार