अर्काको भिडियो चोरेर पैसा कमाउनेलाई सकस, भ्रम फैलाउने भिडियोलाई युट्यूबले हटाउदै !

काठमाडौं । यूट्यूबले नयाँ नियम लागू गरेका छन्। सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन अब त्यति सजिलो छैन् । अब रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब गाह्रो बन्दै गएका छन्।

अब दर्शकलाई झुक्काएर भिडियो पोस्ट गर्नेलाई युट्यूबसले पक्कै निरुत्साहित बनाउँछ । युट्यूबको नयाँ नियमले गर्दा अब गुणस्तरीय र जानकारीमूलक भिडियो दर्शकले हेर्न पाउनेछन् । भ्रम फैलाइएको भिडियोलाई युट्यूबले हटाउन थालेको छ ।

युट्यूबबाट पैसा कमाउन च्यानलको एक हजार सब्स्क्राइबर हुनुपर्ने र ४ हजार घण्टासम्म भिडियो हेरेको हुनुपर्ने नयाँ नियम लागु गरिएको छ।
न्युज२४नेपाल को सहयोगमा