डिर्भोस दिएपछि यस्तो अवस्थामा भेटीइन् चर्चित नायिका तथा मोडल रिमा विश्वकर्मा

काठमाडौँ । पछिल्लो समयकी चर्चित नायिका तथा मोडल हुन् रीमा विश्वकर्मा । प्रष्ट वक्ता र सुन्दरताकी खानी नै मानिएकी रीमाले अभनय गरेको एउटा भिडियो ब्यापक चर्चामा छ । जसमा रिमा स्वयमले आफ्नो जिन्दगीसँग मिल्ने किमसमको भिडियोमा अभिनय गरेकी छिन् । हालैमात्र पतिसँग सम्बन्ध बिच्छेद गरेकी सुन्दरी रिमाले अभिनय गरेको सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् बोलको गीत युट्युबमा सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ ।

सावन बोलको यो कुनै समयको अत्यधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जामा आएको छ। नागेन्द्र श्रेष्ठको स्वर,अरुण तिवारीको शब्द रचना,टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको छ । यस गीतमा रीमालाई रन्जन रिजालले अभिनयमा साथ दिएकी छिन् । जसमा अमृत सुनुवारको निर्देशन रहेको छ। एउटा पुरुष जसले जिन्दगीमा अरु सबै थोक पायो । पाएन त केवल माया । गीतको सार यही हो। गीतको दृश्य सम्पादन माधव बेलबासेले गरेका छन्।