चर्चित गायक संजीब प्रधानको झोला ,मेरो एउटा साथी छ नामक भिडियो सार्बजनिक

विजय थापा ,लामो समय देखि अमेरिकाको बाल्टिमोर बस्दै आएका चर्चित गायक संजीब प्रधानले झोला ,मेरो एउटा साथी छ नामक भिडियो सार्बजनिक गरेका छन् l उनले गीत गत डिसेम्बर २१ तारिखका दिन सार्वजनिक गरेका हुन् l

उक्त गीत पाठशाला गीति संग्रह (एल्बम)बाट लिइएको हो भने शब्द र संगीत गायक संजीब प्रधान कै रहेको छ l उक्त गीत ४ बर्ष अघि नोवेम्बर २१ ,२०१३ मा सार्बजनिक गरेका थिए l

गीत को प्रबन्ध सुनिल बर्देवाले गरेका थिए भने उक्त गीतलाई छायाँकन गरि यूट्युब मा बर्ष २०१७ को अन्तिम समयमा गरेका हुन् l भिडियोको छायाँकन गायक संजीब प्रधानले अमेरिकामा नै गरेका हुन् भने कलाकारहरु द्वय सुदित श्रेष्ठ तथा रिजु श्रेष्ठको छायाँकन भने नेपाल मै गरिएको हो l

भिडियोको निर्देशन सुजता श्रेष्ठले गरेकी हुन् भने सम्पादन सुनिल श्रेष्ठले गरेका हुन् l चलचित्रकला तथा रङ्गकारक( सिनेमेटोग्राफी/ कलरिस्ट ) उज्वल श्रेष्ठ हुन् l