कतारकै नेपाली सामाजिक सस्थाको सस्थापक अध्यक्ष्यको प्रमुख आतिथ्यमा खोटाङले २१ औं स्थापना दिवस मनाउदै

रुद्र शर्मा (आचार्य) दोहा – खोटाङ सेवा समाज कतारले आफ्नो गौरवसाली जिल्ला सस्थाको स्थापना दिवसको २१ औं बार्षिक उत्सब भब्यताका साथ मनाउने तयारी गरिरहेको सस्थाका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन l  स्थान र हल ब्याबस्थापन गरिसकेको सस्थाले आगामी फेबुअरी २ तारीख २०१८ का दिन कतारको सनैय स्थित ग्रेन्ड मल पछाडि रहेको MRA रेस्टुरेन्टको सभा हलमा कार्यक्रम हुने तय गरिएको छ ।
कतारमा हाल स्थापित र सकृय सम्पुर्ण सघ सस्था तथा जिल्ला सस्थाहरु मध्य सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्थाको रूपमा खोटाङ सेवा समाज रहेको छ l  खोटाङ सेवा समाज २०५४ सालमा स्थापना भएको हो l  वैदेशिक रोजगारीका सिलसिलामा कतारमा श्रमिकका लागि आएका नेपाली हरुलाई आई पर्ने  विभिन्न दु:ख र समस्याहरु लाई समधान गर्न सम्बन्धित निकाय र सम्बन्धित ब्यक्ति हरु लाई जानकारी सूचना उपलब्ध गराउनका निमित्त सहयोगि भुमिका र समन्वयन गर्ने उद्देश्यले स्थापना गरिएको सस्थाले २० औं बर्ष सम्म आइ पुग्दा सफलताका साथ हरेक कार्यकाल सामाजिक कार्यमा उपलब्धि सहित बिताएउदै आएको लामो अनुभव हासिल गरेको छ l पछील्लो समय कतारमा बिभिन्न कारण समस्यामा परेका नेपाली श्रमिक हरुलाई साथै खोटाङ जिल्लाको शिक्षा,स्वास्थ्य लगाएत बिभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्दै कतारको दोहामा स्थापित विभिन्न संघ सस्थाहरु संग सहयोग आदानप्रदान समन्वय गर्दै सामाजिक कार्यमा हातेमालो गर्दै निरन्तर सामाजिक क्षेत्रमा कृयासिल रहि समाज सेवामा समर्पित रहेको छ ।
२१ औ बार्षिक उत्सबको अबसरमा सस्थाले स्थानीय कलाकार हरुको बेजोड प्रस्तुतिमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गर्ने भएको छ l उक्त सास्कृतिक कार्यक्रममा माझ किरातीहरुको मुख्य थलो  समेत रहेको खोटांगले किराती हरुको झाकी समेत प्रस्तुत गर्ने छ l केहि महिना पहिले सस्थाले उपहार कुपन आयोजना गरेको थियो सोहि उपहार योजना कार्यक्रमको नतिजा पनि सोहि दिन प्रकाशित गर्ने छ l
२१ औं वार्षिक उत्सव कार्यक्रम ऐतिहासिक हुने कुरा सस्था अध्यक्ष तिला बहादुर खत्रीले बताएका छन l उक्त कार्यक्रममा प्रमुख अतिथिका लागि नेपालबाट कतार कै नेपाली सामाजिक सस्थाका सस्थापक अध्यक्ष्य वा खोटांग सेवा समाज कतारका सस्थापक अध्यक्ष माधब किराँती आउने भएका छन l सस्थापक अध्यक्ष लाई २१ औं स्थापना दिवसमा प्रमुख अतिथिका निमित्त कतार आउन सस्थाका तर्फबाट निमन्त्रणा गरिएको हो l निमन्त्रणा स्वीकार गरि उहाँ आउने जानकारी पाएका खोटाङ सेवा समाजले कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाकी नराख्ने दृढताका साथ कार्यक्रमको पुर्ब तयारी गरिरहेको छ l  सस्थापक अध्यक्षका साथमा स्थापना दिवस कार्यक्रम हुने पक्का भए पछि कार्यक्रम एक भिन्न उदाहरणिय र ऐतिहासिक हुने बताइएको छ खोटाङ सेवा समाज कतारले कतारमा रहेका सम्पुर्ण खोटाङे हरुलाइ उपस्थित भइ कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न आह्वान समेत यसै समाचार मार्फत जानकारी गराइएको छ भने कतारमा स्थापित सम्पुर्ण सघ सस्था हरु लाई समेत निमन्त्रणा पत्र पठाउने अन्तिम तयारी सकिएको महासचिव कैलाश श्रेष्ठले बताएका छन।
Rudra Sharma (Acharya)
What’sup +974-77264891