‘हाम्रो कुरा साँचो छ, देशमा विप्लवको खाँचो छ’ भन्दै बजारमा अायाे यस्ताे गीत (भिडियोसहित)

काठमाडौँ ।

नेपालमा यतिखेर संसदीय राजनीतिक दलहरुको नेतृत्वमा स्थानीय तह हुदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरेर पुरानो ब्यबस्थालाई सुदृढ़ गनर दिशातिर अगाडी बढिरहेका बेला कलाकारहरुले देशमा विप्लवको खाँचो भएको बताएका छन् ।

उनीहरुले उक्त कुरा कुनै सभा समारोह र भेला बैठकमा नभई ‘हाम्रो कुरा साचो छ, देशमा विप्लवको खाँचो छ’ बोलको गीतमार्फत जनतालाई शन्देश दिन खोजेका हुन् । जनयुद्दले जन्माएका गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेको स्वर तथा विश्वास चन्द ठकुरीको सब्द रचना रहेको उक्त गीत शुक्रबारदेखी बजारमा आएको छ ।

बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत आर एन सि म्यूजिकको युट्युब च्यानलमार्फत सार्बजनिक भएको छ । गीतमा पुरानै ब्यबस्थालाई ब्यूताउने कोसिस गरिएको भन्दै देशमा विप्लवको खाँचो भएको बताइएको छ ।

पुरानो व्यवस्थाले जनतामा नाम मात्रको गणतन्त्र लाद्न खोजेको र र चरम शोषण दमन थोपरी रहेको भाव ब्यक्त गरिएको छ । त्यसैले उक्त व्यबस्थाको अन्त्य गरी जनताको ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गर्नको लागी सबै नेपालीलाई एक जुट हुन् आव्हान गीत मार्फत गरिएको छ ।

लामो समय देशमा पुरानै ब्यबस्था टिक्न नसक्ने भएकोले त्यसको बिकल्पमा जनताको आफ्नै ब्यबस्था स्थापनाका लागी बैकल्पिक शक्तिशाली नेताको खाँचो भएको हुनाले उक्त ठाउँ परिपूर्ति गर्न विप्लव मात्र सक्षम नेता हुनसक्ने भाव गीतमा समेटिएको छ ।

पछिल्लो समय संसदवादी दलहरुले कलाकारहरुलाई आफ्ना चुनावी चुनावी गीत गाउँन लगाईउने र केही चुनावी सभाहरुमा प्रस्तुतिमा दिन लगाइरहेका बेला त्याे परम्परा तोड्दै प्रगतिशील कलाकारहरुले भने यसरी पुरानो व्यबस्थाको अन्त्य र नयाँ ब्यबस्था प्राप्तिका लागि जनवादी गीत गाउँ थालेका छन् ।

हेर्नुहोस् उक्त गीतको भिडियो