Sunday , October 22 2017
Breaking News

अन्तराष्ट्रिय नेपाली समाज मकाउ स्थापना गर्नुको उदेश्य,औचित्य र आबश्यकता।


प्रजुन अधिकारी मकाउ चीन।
१९/०२/२०१७ को दिन अन्तराष्ट्रिय नेपाली समाज मकाउ औपचारिक रूपमा गठन गरिएको छ।यस संगठनको मुख्य उदेश्य भनेको कर्मभुमी मकाउमा रहेर नया शक्ति पार्टीको बिधि ,बिधान ,निति ,नियम साथै सिद्धान्त ,एजेन्डा र मुद्दाहरू प्रर्ती सकारात्मक धारणा ,सोच र बिचार राखेर पार्टी मार्फत देश बिकास र समृद्धिको लागि साथ ,सहयोग र समर्थन गर्न चाहना राख्नु हुने मनोकारी समाजसेवी भाबना भएको महानुभाबहरु जो मन वचन र कर्म देखी पार्टीमा आबद्ध हुन चाहनु हुने साथीहरूलाई एकताबद्ध ,एकजुट गर्दै पार्टीलाई प्रत्यक्ष रूपमा आबस्यक पर्दा आर्थिक ,बौद्धिक ,नैतिक ,सामाजिक सहयोग गर्ने र मकाउमा कार्यरत कुनै पनि साथीहरू दु:ख बिरामी वा विभिन्न कारणले परेको समस्या ,अफ्ट्याराहरुलाइ सम्बन्धित सरोकारवाला निकाय सम्म पुर्याउन सक्दो सक्रिय पहल गर्ने र संगठनको दक्षता ,क्षमता अनुसार आर्थिक ,सहयोग लगाएत जस्तो सुकै सहयोग गर्ने अठोट ,बाचा र प्रतिबद्धताको साथ यो संगठन निर्माण गरिएको हो।

देशको अस्तब्यस्त अस्थिर राजनीति ,भ्रष्टाचार ,अनियमितता ,बन्द हडताल ,तोडफोड जस्ता बाट आजित भएर देशमा दैनिकी जनजीवन बिताउन नसकेर बाध्यताबस् बिदेशी भुमरीमा पिल्सिएका हामी नेपाली कर्मभुमीमा कुनै पार्टीको नाम बाट राजनीति गर्न खोजेको होइन मात्र यति हो कि बिशुद्द,निस्वार्थ भाबनाले राज्य संचालनको लागी असल,इमानदार ,सक्षम ,क्षमतावान,भिजनरी,नेतृत्व पुर्याउनको लागि एक सचेत ,जिम्मेवार र उर्जाशिल सक्रिय युवाको निर्णायक भुमिका खेल्न सक्छौ र सम्भब पनि छ भन्ने निष्कर्ष सहित यो संगठनको गठन गरिएको हो । राष्ट्रिय ,अन्तर्राष्ट्रिय क्षेत्रको विभिन्न बिधामा सफलता हासिल गर्नु भएको विद्वानहरुको जमात रहेको संगठन नया शक्ति पार्टी हो।जस्ले आर्थिक बिकास मार्फत देश बिकास गरेर निकास दिन सकिने लक्ष्य सहित पाँच स सहितको सिद्धान्त प्रतिपादन गरेको छ जसलाई सफलता पुर्बक कार्यनयन गर्न हामी जस्ता सचेत युवाहरूको महत्त्वपूर्ण भुमिका रहन्छ ,जून बिदेशमा रहेको चालीस लाखर स्वदेशमा रहेको लाखौं युवाहरूको सक्रियतामा सम्भब पनि हुन्छ ।देश अहिलेको अबस्थामा पुग्नु खराव चरीत्र र बेमानी नेतृत्व र नेताहरु कारण हो ।

हरेक नागरिक जन्म दर्ता गर्दा होस वा मृत्यु दर्ता ,जन्मे देखि मर्दा सम्म आफू भोको नाङ्गो बसेर सरकारलाई अनिवार्य कर तिरेको हुन्छ तर यसको सहि तरिकाले सदुपयोग भयो कि भएन भनेर खोजी नीति गर्ने हैसियत राख्न सक्दैन किनकि केही मुठी भरका नेताहरुले राज्यकोष र राज्यसम्यन्त्र हातमा लिएर र पालैपालो ९/९ महिनामा सरकार फेरबदल गर्दै आफ्नो आफ्नो ,परिवार ,नातेदार र कार्यकर्ता को जनजीवन फेर्छ,महल ठड्याउछ र बिलासी जिबन जिउछ,हामीले तिरेको करको बदलामा हामिलाई भने महङ्गि कालोबजारी ,र दैनिक पन्ध्र सय युवा बिदेशीन बाध्य बनाउछ ,पैसा शक्ति ,पहुँच ,पावरको आधारमा सबैधानिक निकायहरुको बाडफाड, राजनीति हस्तक्षेप ,राजनीति भागबन्डा ,राजनीति नियुक्ति गर्छ जस्ले गर्दा यि नालायक र लाचार नेतृत्व जनता प्रर्ती जबाफदेही र उत्तरदाही छैन भन्ने प्रष्ट हुन्छ ।यस्ता नेताको गोलचक्र बाट मुक्ति पाउनैपर्छ यो भनेको मात्र बैकल्पिक शक्ति नया शक्ति बाट सम्भब देखिन्छ ,किनकि दिगो शान्ति ,दिगो बिकास र समृद्धिको लागि स्थायी सरकार चाइन्छ त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीमा जानुपर्छ अहिले यो एजेन्डा नया शक्तिले मात्र बोकेको छ ,अरु पुरानो पार्टी भनेको २४० निर्वाचन क्षेत्र मध्य एउटा निर्वाचन क्षेत्रमा चुनाव जितेर २४० वटा निर्वाचन क्षेत्रको जनता माथि शासन गर्न पल्किएको छ ,जनताले आफू माथि शासन गर्ने आफ्नो शासक आफैले छान्न पाउने नैसर्गिक अधिकार हनन गरेको छ,यदि यिनिहरु राष्ट् र सम्पूर्ण नेपाली जनताको नेता बन्ने क्षमता भए सबै जनाताले मत दिएर सबै निर्वाचन क्षेत्रको नेता बन्ने आट,साहस र हिम्मत किन गर्न सक्दैन ?त्यसैले अबको एक मात्र देशको विकल्प भनेको नया शक्ति पार्टी र यसको नेतृत्व नै हो।

आफ्नो जीवनकालको सम्पूर्ण महत्त्वपूर्ण समय र जिबन देश र जनाताको लागि भनेर दिन रात नभनी दुरदराज गाउँ घरमा पुगेर जनाताको आवाज सुन्ने ,जनताको समस्यालाई आफ्नो समस्या सम्झिएर जनहितमा काम गर्ने एक मात्र जननेता डा भट्टराईलाई देश बिकास र समृद्धिमा अन्तिम एकपटक बोर्ड फस्ट बनाउनै पर्छ ,यसको लागी हामी जस्ता सचेत ,जिम्मेवार युवाको सकारात्मक भुमिका आबस्यक पर्दछ ,हरेक नेपाली नागरिकले सोच्न र बुझनै पर्ने सत्य यथार्थ कुरा यदि डा भट्टराई आफ्नो र आफ्नो परिवारको उच्च जिबनस्थर उकास्नको लागी उनको अमुल्य समय सदुपयोग गरेको हुन्थ्यो भने बिश्वको धनाढ्य ब्यक्तिहरु को सुचिमा उनको नाम अटाथ्यो तर ऊनी सधै देश र जनताको लागी नै समर्पित हुँदैछन् ,त्यसैले डा भट्टराईलाई एक पटक राज्य संचालनको नेतृत्वमा पुर्याउनै पर्छ । नया शक्ति पार्टीले प्रतिपादन गरेको सिद्धान्त भित्र रहेर चालीस लाख बिदेशमा रहेको युवा जनशक्तिहरूलाई नेपाल फर्कने अनुकूल बाताबरण,उनीहरुले कमाएको धन,ज्ञान् ,सीप ,दक्षता लाई अधिक्तम उत्पादन र रोजगारको क्षेत्रमा परिचालन गरेर देशको अथक श्रोत र साधन साथै बिदेशी लगानी भित्र्याएर विकसित बिज्ञान प्रबिधि लाई बिकास र समृद्धि संग जोडनको लागि पनि डा भट्टराईको नेतृत्वको नया शक्ति पार्टी राज्य संचालन मा पुर्याउन अर्थपूर्ण र सार्थक भुमिका खेल्नको लागि अन्तर्राष्ट्रिय नेपाली समाज मकाउ को जन्म भएको हो ।पुर्ब प्रधानमन्त्री जस्ता ब्यक्ति साधरण नागरिक सरह जीवन शैली जिएर हिडेका छन् त्यसैले हामि भट्टराई बन्न त सक्दैनौं किनकि उनी ब्यक्ति होइन युग हो,ऊनी जस्ता क्षमता ,भिजन ,खुबी दुरदर्शिता ,मर्यादित,प्रतिष्ठावान र निष्ठावान ब्यक्ति जन्माउन प्रयास र कोशिश गर्नु पर्छ ,उमेरको कारण उनको थोरै समयमा धेरै लिन सक्नुपर्छ यो नै हाम्रो पुस्ताको लागी बास्तबिकता मार्ग दर्शन बन्नसक्छ, प्रतिकुल समयमा प्रधानमन्त्री ,अर्थमन्त्री सम्हादा गरेको काम र निर्णयहरु वा संविधान बनाउदा बनाउदा संवाद समितिको सभापतिको हैसियतमा खेलेको भुमिका जुन अरु नेता र नेतृत्व संग तुलना मात्र गरियो भने ऊनी माथी अन्याय हुनेछ ।

त्यसैले उनलाई र ऊनी नेतृत्व पार्टीले प्रतिपादन गरेको बिकास र समृद्धिको लागी साथ दिएर उनकै पालामा समृद्धि मुलुक बनाउन पकै सक्छौ ।यसरी हामी स्वदेश र बिदेश जहाँ रहेर पनि सकारात्मक सोचाइको साथ राष्ट्र र र्राष्ट्रिय ,सार्भौमिकता को लागी पार्टी र नेता भन्दा माथी उठेर साझा एजेन्डा बनाउन सक्नुपर्छ र बिकृती ,बिसङती ,अनियमितताको लागि गलत र सहि छुट्ट्याउनु सक्नुपर्छ र सन्बन्धित सरोकारवाला निकाय लाई खबरदारी र जबाफदेही बनाउन सक्नुपर्छ ।ब्यक्ति ,दर्शन ,वाद भन्दा माथी उठेर सबै पार्टीको युवा बर्गले हाम्रोलाई भन्दा राम्रो नेता छान्न सक्नुपर्छ ।जस्ले हाम्रो आगामी पुस्ताको भबिस्य निर्धारण गर्न सकोस् ।सबै पार्टीको राजनीति एजेन्डा बिकास र समृद्धि केन्द्रित प्रतिस्पर्धात्मक हुन सकोस् ।चुनाव अगाडि पछाडि गाउँ नचिनेका र भोटको लागी चुनावमा हात जोड्दै घर दैलोमा पुग्ने नेता देखि साबधान हौ ,गाउँको झुपडी बाट जनताको भोटले काठमाडौ छिरेर महल ठड्याउनु हुने नेता ज्युलाई यसपटक चुनाव बाट भोट बहिष्कार गरौं ,राजनीतिमा सबैले आबश्यकता अनुसार चासो दिदै ,सहि नेता छानौ ,असल नेतृत्व राज्य संचालनमा पुर्याउन सकारात्मक निर्णायक भुमिका खेलौ,हाम्रो सानो सकारात्मक प्रयासले देश बिकास र समृद्धिको लागी ठुलो परिवर्तन पार्न सक्छ ।
जय नया शक्ति
अन्तराष्ट्रिय नेपाली समाज मकाउ ।

Leave a Reply