माता पाथीभरादेवीले सबैको मनोरथ पुरा गरुन, शुक्रबार माघ ५ /जनवरी १९को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल माघ ५ गते शुक्रबार इश्वी सन २०१८ जनवरी १९ तारीख माघशुक्ल पक्ष द्वितीया तिथी प्रातः १०ः५६ बजे सम्म पश्चात तृतीया तिथी चन्द्रमा मकर राशिमा १३ः२२ बजे सम्म पश्चात कुम्भ राशिमा सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.पं . सरोज घिमिरे

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्नेछ । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । मध्यान पश्चात आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कार्य सम्पादनमा भएको त्रुटिका कारण सामान्य अपजसको सम्भाबना रहेकोछ । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्रात्त हुनेछ । सामाजिक दायित्व बढेको महसुस हुनेछ ।

मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह

गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ । आम्दानिका मार्गहरु प्रशस्त मात्रामा फेला पर्नेछन ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारीवारिक कलहमा बृद्यि हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अन्य ब्यत्तिको गलतकदमको भागीदार तपाई लाई तुल्याइनेछ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अनावश्यक यात्राको सम्भाबना रहनेछ । शुभचिन्तकको साथ सहयोगमा बृद्यि हुनेछ । मध्यान पश्चात भने ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्होनु पर्नेछ । जिबन साथिको साथ सहयोग द्वारा रोकिएका कार्य सम्पमदित हुनेछन ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बौधिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा मन प्रशन्न रहनेछ । मध्यान पश्चात तपाईका कार्यका त्रुटिहरु केलाउन प्रतिपक्क्षीहरु हरसमय तत्पर रहनेछन । तात्कालिक खर्चको योगले सामान्य आर्थीक अभाबको महसुस हुन सक्नेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते

पारीवारिक साथ सहयोगमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका नयाँ श्रोत हरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु

यात्रा कष्टकर साबित हुनेछ । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्यि हुनेछ । मध्यान पश्चात साधारण सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । रोकीएर रहेका कार्य सम्पादनमा पारीवारिक साथ सहयोग आवश्यक रहनेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । आत्मबिश्वासमा बृद्यिहुनाले कार्य सम्पादनमा सहजता प्राप्तहुनेछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहेछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द

आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधरुाकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।