चर्चित बलिउड अभिनेता अमिताभ बच्चन गम्भिर घाईते, अस्पतालले दियाे यस्ताे रिपाेर्ट

एजेन्सी ।

भारतीय चर्चित अभिनेता अमिताभ बच्चन चलचित्र छायांकनका क्रममा घाइते भएका छन् । अमिताभ ठग्स अप हिन्दुस्तान’को सेटमा लडेर घाइते भएको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

निर्माण युनिटले सेफ्टीको लागी सामान लगाउन आग्रह गर्दा पनि अमिताबले नमान्दा उनी लड्न पुगेको र घाइते भएको बताइएको छ । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको छ । अभिताभ अर्का चर्चित अभिनेता आमिर खानसँग एक्सन गर्दा लडेर घाइते भएका हुन् ।

अस्पताल स्राेतले उनकाे अवस्था गम्भिर रहेकाे बताएकाे भए पनि अरू केहि नखुलाइएकाे भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

यसैबीच लिउड अभिनेत्री सोनम कपुरले अवार्डको लागि फिल्म नखेलेकाे बताएकी छन्।

फिल्म ‘निरजा’ बाट ६४ औं राष्ट्रिय अवार्ड प्राप्त गरेकी सोनमले फिल्म ‘प्याडम्यान’को प्रचारका क्रममा उक्त कुरा बताएकी हुन्। उनले भनिन्, ‘म अवार्डको लागि फिल्म खेल्दिनँ। म केवल राम्रो काम र राम्रो फिल्मको हिस्सा बन्न चाहँन्छु।’

साेनमले विनोद चोपडाको फिल्ममा पनि अाफू अनुवन्धित भएकाे जानकारी दिएकी छन्। ‘म फेब्रुवरी, मार्च र अप्रिलमा विनोद चोपडाको फिल्ममा काम गर्दैछु। त्यसपश्चात फिल्म ‘जोया फ्याक्टर’काे तयारीमा जुट्नेछु।’

आर. बालकी निर्देशित ‘प्याडम्यान’ मा सोनमसँगै अक्षय कुमार, राधिका अप्टे लगायतको भूमिका छ। फिल्म जनवरी २५ मा प्रदर्शन हुनेछ। सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘पदमावत’ पनि सोहि दिन प्रदर्शन हुने तयारीमा छ। (सञ्चारकेन्द्र डटकम)