आफ्नो पिडा लुकाएर दुनियाँ हँसाउदै बदाम बेच्ने मनकुमारको जीवन प्रेरित गर्ने यस्तो छ मार्मिक कथा [हेर्नुस भिडियो सहित]

राजधानी भएर पनि होला सबैको सपनाको शहर बनेको छ काठमाडौँ । तर काठमाडौँँ सबैको सपनाको शहर यत्तिकै बनेको होइन देशका अन्य ठाउँमा काठमाडौँ जत्तिकै सेवा, सुविधा नहुँदा पनि मानिसहरु यहीँ काठमाडौँमा बस्न बाध्य छन् । विभिन्न अवसर खोज्दै र बाध्यताले डोराउँदै ७५ जिल्लाकै मानिसहरु काठमाडौँ छिर्ने गरेका छन।

१५ बर्षको उमेरमा धनकुटाबाट काठमाण्डौ शहर कस्तो हुन्छ भनेर हेर्न छिरेका मनकुमार राई अहिले बदाम बेचेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन । काठमाडौँमा धेरै दुख हुने र काम नगरी हातमुख जोर्न गाह्रो पर्ने उनी बताउछन। सुरुमा आउँदा मोटो जिउडाल भएका राईलाई काम गर्न गाह्रो भयो । मुटुमा समस्या देखेपछि चिकित्सकले हिडडुल बढी गर्नुपर्ने बताएपछि राईले हिड्ने काम गर्नुपर्छ भन्ने सोच राखे।

जसरी नि हिड्ने काम गर्नुपर्छ, कोठाभाडा तिर्नुपर्छ भन्ने सोच आएपछि अब हिडडुल गरेर के गर्न सकिन्छ भन्ने मनन गर्दै जाँदा उनले बदाम बेच्न सुरु गर्ने निर्णय गरे । हिड्न पनि पाइने, पैसा पनि पाइने भएपछी यसैलाई उनले लय बनाउदै बदाम बेच्न थाले। आधा मानो बदामको ३५ रुपैया लिएर बेच्ने उनी प्रायजस्तो ग्राहकले सस्तोमा देउ भन्ने भएकोले ३० रुपैया मात्रै लिने गर्छन । गरिब, दुखी र असहायहरुलाई पैसा नलिइकन उनले बदाम बाड्ने गर्छन।

३२ बर्ष पुगिसकेका उनी बैबाहिक जीवन जिउन भने चाहदैनन् । रोचक त के छ भने उनी श्रीमतीलाई खुशी राख्न सकिदैन होला भनेर नै एकल जिन्दगी जिउन नै रुचाउछन। सानै देखि आमाबाबु र दाजुदिदिको बन्धनमा बाच्न नरुचाउने उनी बिवाह गरेपछि आइपर्ने झन्झटको शिकार हुनुहुदैन भन्ने सोच राख्दछन । छोराछोरी नहुँदा भविष्यमा बुढेसकाल लागेपछि समस्या पर्छ भन्ने बुझेका उनले अहिलेदेखि नै बदाम व्यापारबाट केहि अनुपातमा बचत समेत गर्ने गरेका छन।

सानैमा काठमाडौँ छिरेका उनलाई घरपरिवारको यादले खुबै सताउने गर्थ्यो। अझै पनि उनी आफन्तहरु केकसो गर्दै होलान भन्ने यादले सताउने गर्छ। आफन्तलाई सम्झदै उनी दुखलाई पार गर्दै सधै खुशी भएर बस्नुपर्ने बताउछन । कसैले बढी लिन चाहन्छन भने उनीहरुलाई दिनुपर्ने बताउने उनी हिड्न डुल्न नसक्ने बुढी आमाहरुलाई बदाम बाड्ने पनि गर्छन। कामलाई कहिले सानो ठान्नुहुदैन भन्दै उनी कामले नै सबैलाई जिउन सिकाउने बताउछन।

हेर्नुस भिडियो: