माता श्रीदन्तकालीले सबैको रक्षा गरुन, बिहिबार ४ माघ/१८ डिसेम्बरको राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल माघ ४ गते बिहिबार इश्वी सन २०१८ जनवरी १८ तारीख माघशुक्ल पक्ष प्रतिपदा तिथी प्रातः ०९ः१९ बजे सम्म पश्चात द्वितीया तिथी चन्द्रमा मकर राशिमा सुर्य उत्तरायण शिशिर ऋतु सोनम ल्होसार , श्री बल्लभ जयन्ति चन्द्र उदय – ज्यो. पं. सरोज घिमिरे

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारिक साथ सहयोगमा अधूरा कार्यहरु सम्पादित हुनेछन । कार्यप्रतिको लगन सिलतामा बृद्धि हुनाले मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु होला । मान्यजनको स्वास्थमा सामान्य समस्या देखापर्नेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अनावश्यक खर्चको सामना गर्नुपर्नेछ । कार्यक्षेत्रको लापरवाहिका कारण सामान्य अपजसको सामना गर्नुपर्ला साथै माल सामान हराउन सक्ने सम्भाबना रहेकोले सजग रहनु होला । बिश्वासिला मित्रहरुबाट धोकाहुन सक्नेछ ।

मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह

आय आम्दानिको क्षेत्रमध्यम रहेतापनि स्वास्थ क्षेत्रमा तनाब उत्पन्न हुनेछ । सामान्य बादबिवादको झमेलाले सताउनेछ । मनमा बिभिन्न कुबिचारले सताउनेछ । बिश्वासिलो ब्यत्तीहरु बाट धोका हुनसक्नेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो

ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामान्यकार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । शुभ समाचारको श्रवणले मन प्रशन्न रहला ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिश्पर्दिहरु बृद्धिहुनाले कार्य क्षेत्रमा बिशेष ध्यान पूर्याउनु पर्नेछ । स्वाथका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहला । मान्यजनहरुसगँ सामान्य यात्राको सम्भाबना रहेकोछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्य क्षेत्रमा आटँ र शाहसको कमी महसुस हुनेछ । आफुभन्दा सानाको सहयोगमा कार्य सम्पादित रहनेछन । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । मित्रजनहरुको मार्ग दर्शनमा आम्दानि मध्यम रहनेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते

भौतिक श्रोतसाधनको परिचालनमा सजग रहनु पर्नेछ । मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । पारिवारिक झोर झमेलाको सामना गर्नु पर्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसरता उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोगमा बृद्धि हुनेछ । तपाइ द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुलाई प्राप्त रहनेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त रहनेछ । सामान्य बादबिवादको झमेलमा फसिएला । अरुको बिश्वासमा गरीएका कार्यमा तनाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मान्यजनको साथ सहयोगमा बृद्धिहुने योग रहेकोछ । अधुराकार्यहरु सम्पादित हुने समय रहेकोछ । ब्यापार ब्यवसायमा जिवन साथिको साथ द्वारा मनग्य लाभ प्राप्तहुनेछ । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द

मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटि देखाउनेको सङ्ख्यामा बृद्धिहुनेछ । खानपनाका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । यात्रामा सजग रहनु होला ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बिशिष्ट ब्यक्तिहरुको साथ सहयोगमा आम्दानिको दिघो श्रोतहरु फेला पर्नेछन । बितीय क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । बाणीमा मधुरता छाउनेछ ।