नायक शोहम प्रेमीकासँग जोडीएको नाता र माया एकाएक खरानी बन्दा तनावमा देखिए (भिडियो सहित)

काठमाडौ । चलचित्र शिवम’को प्रर्दशनका लागी बेलायतबाट नेपाल आएका नायक सोहम भेटवालले एकपछि अर्को गर्दै आफ्ना भिडियोहरु धमाधम सार्वजनिक गरिरहेका छन् । अघिल्लो हप्तामात्रै मुटुको ढुकढुकी बोलको गीतको भिडियोसार्वजनिक गरेर औधी चर्चा कमाएका नायक सोहम भेटवालले जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । सिके प्रसाइ ९रचना० को शब्द शृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ ।
सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले निर्देंशन गरेका हुन । एस के प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन सापकोटाले मेनहतका साथ छायाँकन गरेका हुन । निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियो हेर्दै आकर्षक छ । माया प्रेम अनि विछोडको कहानी समेटिएको गीतको म्युजिक भिडियोमा नायक शोहम निराह मुद्रामा देखिएका छन । गीतमा नायक शोहमसँग एलिना रायमाझीले जीवन्त अभिनय गरेकी छिन् । मोडल एलिनाले यसअघिको भिडियो मुटुको ढुकढुकीमा पनि गज्जबको काम गरेर देखाइससकेकी छिन् ।