अदुवा हालेको चिया पिउने गर्नुभएको छ ? छैन भने पिउनुहोस, अदुवा एक फाइदा अनेक

अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ ।

१ . अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ । १ पाचन प्रणालीमा सुधार अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

२. बान्ता हुने र विरामी पर्ने हुँदैन कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन ।अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।

३. श्वासप्रश्वासको समस्यामा औषधी अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ ।

४. त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ । ४ दुखाइमा पनि औषधी अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

५ . रक्त सञ्चारमा सुधार अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ ।हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।