आमा संग सम्बन्धित अत्यन्तै मार्मिक ‘आमा मेरी आमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित )

दमक, झापा । गायिका तायाहाङ्मा राई आफ्ना श्रोता तथा दर्शकका लागि मार्मिक गीत तथा भिडियो लिएर आएकी छन् । तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । जुन गीत निकै मार्मिक छ । नेपाली गीतसंगीत क्षेत्रमा करिब ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो । नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी हुन् । त्यसयता उनी निरन्तर गायनमा छन् । यहाँसम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् ।

हुन त आमाप्रति हरेक व्यक्ती भावुक बन्ने गर्छन् नै, यसैबीच यस गीतले अझ आमाप्रति समर्पित र ममता दर्साउनेछ ।सार्वजनिक गीतमा शब्दरचना तथा संगीत चन्द्र लामा अनुरागको रहेको छ । जो कोरियामा छन् । गीतकार तथा संगीतकार चन्द्र कोरियामा बस्दै आएपनि समाजसेवा र गीत संगीतप्रति लगाव राख्दै आएका छन् । यो गीत त्यसैको प्रतिफल हो । यस भिडियोका लागि छायांकन मधुर बस्नेत, सम्पादन रविन बिक र मिक्सिङ विक्रम कार्कीले गरेका छन् । याक इन्टरटेनमेन्टले निर्माण गरेको यस भिडियोमा गायिका तायाहाङमालाई सुन्दर बनाउने काम ब्युटिसियन गौरा राईले गरेकी छन् । यो गीत ‘संगीत अनुराग’ एल्बममा संग्रहित रहेको छ ।कृपया हेरेर सेयर गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=ZvOcQjLLEfo]