तपाईले गर्दा देखिने छैनन् क्रिस्टिनाको आखामा आशु : सहयोगी मन हरुको कमि छैन यो संसारमा भिडियो सहित !!

ओखलढुगा घर हुने निरकुमार सुनुवार 4 बर्षको कृष्टिना सुनुवारलाई बल्ड क्यानसर भए पछि परिवारको आर्थिक कजोरिका कारण उपचार गर्न नसकेको र पिडीत नानिको बुबा एक मिडियामा भाबविहोल भएको भिडियो नर्बिक हस्पिटल निर्देसक मेघा चौधरी शाक्य ज्युले हेरेपछि मलाई बझनु भनेपछि म कृतिपुर आई पुगेको छु केहि अनलाईन मिडियाले मेघा चौधरि शाक्यले कृष्टिनाको लागि सपुर्ण खर्च बिहोरने भनेर लेखेको समाचार सत्य नभएको निराधार कपोकल्पित झुट हो
तर नानिको उपचारको लागि मेघा ज्युले रकम सहयोग गर्न सहयोग उठाउन लागि रहेको छ. र केहि रकम वाहाँको अपिसमा केहि जम्मा पनि भएको छ.
नानिको उपचार हजुर हरुले Nic ASIA बैकको पुलचोक खाता नं 3387695284524001अथवा नानिको बुबा फोन 9841286649 निरकुमार सुनुवार सबैको जानकारको र #सहयोगलाई #सियर #गरि #सहयोग #गर्नु #होला

 

रिस्ता गुरुङको पहलमा ब्लड क्यान्सर पीडित क्रिष्टिना सुनुवारका लागि सहयोग

काठमाडौं, १ माघ । ब्लड क्यान्सरबाट पीडित ओखलढुंगा लिखुका चार वर्षीया क्रिष्टिना सुनुवारको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ ।

हङकङमा रहेर समाजसेवामा सक्रिय रिस्ता गुरुङले सञ्चालन गर्नुभएको फेसबुक अभियानमार्फत क्रिष्टिनाको उपचारका लागि एक लाख ८६ हजार ३६० रुपैयाँ सहयोग जुटेको छ ।
रिस्ताले पठाउनुभएको रकम आज क्रिष्टिनाका बुबाआमालाई हस्तान्तरण गरिएको छ । सो रकम फोनिजका अध्यक्ष डण्ड गुरुङ, तमू बौद्ध सेवा समितिका अध्यक्ष क्या. रामकाजी गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघका काबा अध्यक्ष रविन गुरुङ र कोषाध्यक्ष लाला गुरुङको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

ब्लड क्यान्सरबाट पीडित क्रिष्टिना सुनुवारको उपचारका लागि हङकङमा सहयोग जुटाउन फेसबुक अभियान सञ्चालन गर्ने रिस्ता गुरुङ ।
क्रिष्टिनाका बुवा निरबहादुर सुनुवारले सहयोगी सबैलाई धन्यवाद दिनुभएको छ । उपचारका लागि १५ देखि २५ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएको उहाँले जानकारी दिनभयो । फेसबुकमा सहयोग गर्ने आश्वासन दिनेहरु धेरै देखिएपनि सहयोग रकम भने नजुटेको गुनासो समेत सुनुवारको थियो । क्रिष्टिनाको काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ । (एबिसीनेपालको सहयोगमा)