निर्वाचन आयोग र सरकारले मिलेर म्याच फिक्सिङ गरे : भिम रावल (भिडियो सहित)

राजनितीशास्त्रको सामान्य ज्ञान भएको मानिसलाई थाहाँ हुन्छ,बहुदलिय व्यवस्था भएको कुनैपनी ठाउँमा संयुक्त मोर्चा भएर कुनै दल आइसकेपछि र त्यसले बहुमत प्राप्त गरिसकेपछि त्यसका नेता प्रधानमन्त्री बन्नेछन् भन्ने सामान्य कुरा हो।त्यसैले प्रधानमन्त्री जस्तो व्यक्तिले एमाले र माओवादीको साठि-चालिसको प्रतिसतबाट गठबन्धनका साझा उम्मेदवारहरु स्पस्ट बहुमत मात्रै नभई झण्डै दुई तिहाई बहुमत पाएपछि बहुमत कसको छ भनेर प्रधानमन्त्रीलाई थाहा नहुनु हाँस्यास्पद अथवा प्रधानमन्त्रीको मनमा षडयन्त्र बाहेक केहि छैन कि भनेर सोच्नुपर्ने स्थिती हुन्छ। माउण्टेन टिभीको खरो प्रश्नमा कुराकानी गर्दैं एमाले उपाध्यक्ष भिम रावलले यस्तो कुरा बताएका हुन्।

एमाले र माओवादीमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरामा कुनै शंका नरहेको बताउदै, अब देशको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली हुने बताए।

थाइल्याण्डमा ओली नियमित स्वास्थ्य परिक्षणको लागी गएका त्यहाँ बाहिर आए जस्तो कुनै र कसैसँग पनि राजनितीक भेटघाटको कार्यक्रम नरहेको रावलले दावी गरे।

एमाले पार्टीभित्र कुन प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने कुरामा कुनै छलफल नभएको भन्दैं रावलले प्रष्ट पार्दैं भने- मुख्यमन्त्रीका लागी अहिलेको एमाले-माओवादी सम्मिलित कार्यदलले मापदण्ड बनाएपछि उच्च तहमा छलफल हुने र त्यो मापदण्डको आधारमा मुख्यमन्त्री चयन गरिन्छ।

हेर्नुहोस् भिडियो