गायिका देविका केसी र गायक युवराज छन्त्यालको स्वरमा नयाँ पन्चे बाजा ‘बाजा बजाउदै’ भिडियो

लोकप्रिय गायिका देविका केसी र गायक एवम् सर्जक युवराज छन्त्यालको स्वरमा नयाँ पन्चे बाजा गित सार्वजनिक भएको छ । केसी र छन्त्याल “बाजा बजाउदै” नामक एल्बम लिएर दर्शक श्रोताहरुको माझ आएका हुन् । अभ्यास डिजिटलको प्रस्तुति रहेको गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
बाजा बजाउँदै, देश बिदेशमा हामीले नचाउने हामीले नै हो सुन साहिली संस्कार बचाउँदैं’ भाकाको कोसेलीमा गायिका केसी र गायक छन्त्यालको स्वर रहेको छ । गितमा समाजको सकारात्मक पक्षलाई दर्शाउन खोजिएको छ । जुन ठाउमा भएपनि आफ्नो सास्कृति, सँस्कार बचाउनु पर्छ भन्ने भाव गितले बोकेको गायिका केसी बताउछिन ।
बाजा बजाउदै एल्बममा बसन्त थापाको शब्द तथा गायक छन्त्यालले लय शृजना गरेका छन । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा शंकर बिसी र रिना थापा मगरले अभिनय गरेका छन । भिडियोलाई राजेश घिमिरेले छायाँकन तथा अमर शाक्यले सम्पादन गरेका हुन् । कुमार अविरल पन्थी । (साझा नेटवर्क)

हेरौ गीतको भिडियो।

नमस्ते सबैलाई म गायिका Debika Kc Gurung मेरो नया गित तल कमेन्ट छ हेरी दिनु होला