Tuesday , November 21 2017
Breaking News

आजको रासिफल – बि.स.२०७३ फाल्गुन २२ गते । आईतबार । ईश्वी सन् २०१७ मार्च ०५ तारिख । नेपाल सम्बत् १९३७ ।

बि.स.२०७३ फाल्गुन २२ गते । आईतबार । ईश्वी सन् २०१७ मार्च ०५ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि सप्तमी, ०४ घडि १५ पला, बिहान ०८ बजेर ०९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र रोहिणि, ४१ घडि ११ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुका ०६ बजेर ०६ मिनेट जादा । दिनमान २९ घडी ०९ पला । चन्द्ररासि बृष ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने तथा ति निर्णयहरुको सर्बत्र आलोचना हुने हुने हुँनाले सोच बिचार गरेर काम गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।
शुभ अंक — २,५ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । शुभ अंक — २,६ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को,हा) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज हुनसक्छ ध्यान दिनुहोला । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ख्याल गर्नुपर्ने समय रहेकोछ । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ । पुर्खौली धन तथा सम्पतिमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।
शुभ अंक —५,८ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे) ब्यापारिक कुल घरानका ब्याक्तिहरु सँगको भेटघाटले नयाँ काम गर्ने जोस जागर बडेर आउनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ छ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउँन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
शुभ अंक — १,९ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको सामना गर्न सहज हुनेछ भने टाडिएका मित्रहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा बढोत्तरि भई प्रशस्त आम्दानि हुनेछ ।
शुभ अंक —७,९ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) व्यापार व्यावसायमा नाफा कमाउँन प्रशस्त समय खर्चनु पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ । खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला । अरु काममा ब्यस्त हुनुपर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । बिभिध कारणले माईति तथा चेलि बिचको सम्बन्ध चिसिन सक्छ । गलत सल्लाह दिनेहरुबाट सजक रहनु होला आर्धिक प्रलोभन देखाएर नकारात्मक निर्णयहरु गराई फाईदा लुट्न सक्छन् । आज गरिने लगानिबाट तत्काल फाईदा नभए पनि भबिस्यमा लामो समय सम्म आम्दानि भईरहनेछ ।
शुभ अंक — १,७ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुँन सक्छ अलि बढि सचेत हुनुहोला । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । समयमा काम नबन्दा मानशिक तनाब बढ्नेछ भने आफन्तबाटनै धोका हुनेछ ।
शुभ अंक — २,८ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरु बाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने पर्तिपर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा खुलेरै सहयोग तथा समर्थन गर्नेछन् । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ ।
शुभ अंक — ३,५ शुभ दिशा — पश्चम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुँनेछ ।
शुभ अंक —१,६ शुभ दिशा — उत्तर
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा) सहयोग गर्ने तथा मन मिल्ने आत्मिय मित्रहरु भेटिने हुँनाले दिनभर भावना साटासाट गरेर समय कटाउँन सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो झन कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि प्रशस्त नाफा कमाउन सकिनेछ भने पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारेर आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । मांगलिक तथा शुभकार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
शुभ अंक — २,८ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ भने यात्राका क्रममा साथिभाई तथा आत्मिय मित्रका साथ मिठा मिठा परिकार खादै तथा पिउदै दिन ब्यातित गर्न सकिनेछ । छिमेकि तथा दाजुभाई हरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ ।
शुभ अंक —१,६ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

osnepal

Leave a Reply