सिमा सुबेदीले रुदै भारतीय हरुसंग पनि सहयोग मागिन : ४ बर्षिय छोरी कृष्टिना (ब्लड क्यान्सर पिडित) को जीवन बचाउनको लागी भिडियो

गोर्खाल्याण्ड आन्दोलनको बिषयलाई लिएर नेपालीहरुमाथि तथानाम गालीगलौज गर्ने भारतीय कलाकार सिमा सुबेदी पुनः नेपालीहरुकै लागि फेसबुक लाइभमा आएकी छिन ।

शुक्रबार आफ्नो फेसबुक फ्यान पेजमार्फत लाइभ आएकी सुवेदीले यसपटक भने आफु अन्य कामभन्दा पनि ब्लड क्यान्सरबाट ग्रसित एक नेपाली बालिकालाई सहयोग गर्ने मनासयले लाइभ आएको बताएकी छिन ।

४ बर्षकी क्रिष्टिनालार्इ ब्लड क्यासर भएको र उपचार खर्च अभाव भएका कारण उपचारमा समस्या भएको भन्दै उनका बुवा नीर कुमार रूपाचाले सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।

पूर्ण साम्पाङ्ग राई (अबू धाबी, यूएई)
ईश्वर त्यहाँ हुन्छ जहाँ दु:ख अनि पिडाले रुमलिएका मानिस हुन्छन् । सहारा उसैको बन्नु पर्छ जस्लाई सहाराको खाँचो छ । जो आफ्नो भलाई चाहन्छ उस्ले अरुको भलाई गर्ने गर्दछ र अरूको द:ख पिडालाई आफ्नै दु:ख पिडा हो भनि महसूस गर्दछ । त्यसैले, ईश्वरको खोजी गर्ने, सराहा दिने मन् अनि आफ्नो भलाई चाहनेहरू सबैले श्री नीर कुमार रूपाचा फोन नं. 009779841286649 को ४ बर्षिय छोरी कृष्टिना (ब्लड क्यान्सर पिडित) को जीवन बचाउनको लागी आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।
कसैलाई सहयोग गर्नलाई रगतको साईनो हुनुपर्छ भन्नै छैन, दु:ख बाँडे दुखको अनुभुति कम हुन सक्छ भन्ने विश्वासका साथ कृष्टिना नानीको उपचारको लागी म मेरो तर्फबाट आजै देखी सहयोग जुटाऊने कोशिशमा लागेको छु ।
कृष्टिना नानीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो भिडियो/ पोस्टलाई जति सक्दो शेयर गरीदिनुहुन विनम्र अनुरोध गर्दछु ताकि संपूर्ण सहयोगी मनहरूसामु यो समाचार पुग्नसकोस् । धन्यवाद ।।