जनता जनार्दन उर्लिदा कुनै माइकालालको दाल गल्दैन भने यो ४ जोइको पोइ को हो र ?? भिडियो सहित

शरिन ख्युङ्वा तामाङ,

एक भयर लड्न नसक्नेहरुले आज थुकेर मेरो अगाडि महनता नदेखाउदा हुन्छ मुखैको गाँस बामे र स्यामेले खोस्दा सम्म बुद्धि नपलाउनेहरुको फेसन

नाटक बन्द गरौ खोसिएको अधिकार् खोस्न नसक्ने अहिले ढुंगामा थुकेर बनेको संविधान संसोधन हुन्छ ?? चुनावमा एक भयर चुनाव लडेर अधिकार् प्राप्त गर्न नसक्ने अहिले चाहिँ ढुङ्गामा थुकेर फेसन देखाउने ??

पहिचानबादी नेता ज्यु हरु सक्छ पहिचान सहितको अस्तित्व ल्याउनको लागि लड्नुस वारकी पार हुने गरि हामी साथ दिन्छौ होइन सक्दैन भने मरेको बाघको जुङा उखालेर महान बन्ने काम अब बन्द गर्नुस ।

आज पृथ्वीनारायण शाहलाइ थुक्ने डेड करोड जनजातिहरुलाई मेरो प्रश्नै प्रश्नहरुको चाङ ===

त्यही कै नाक थेप्छे नेवारहरुको घरहरु भत्काएर सडकमा बिचल्की पार्दा कुन दुलो भित्र लुकेर बसेको थियोे ?? प्रतिगामी संविधान बनेर पहिचान मेटाउदा कुन दुलो भित्र लुकामारी खेलेर बसेको थियोे खरबौ खरबको भ्रष्टाचार हुदा गर्दा यो डेड करोड आदिबासे कुन दुलो भित्र लुकेर बसेको थियो?? भारतले दिनदहाडै देशको सिमा मिच्दा त्यहिको केन्द्र सरकार चुइक्क नबोल्दा देश मिचेको विरुद्ध किन आवज यो डेड करोड जनजातिहरु गर्न सकेन ??

गतबर्श कैयौ मुकबासी छोरिहरुको बलात्कार पछि हत्या भयो पोखरामा त्यो बेलाको पीडित परिवारहरुले अहिलेसम्म न्याय पाएको छैन भने आफ्नोहरुलाई न्याय दिलाउन किन यो मुखहरु बाउन सकेन ?? अहिले दुई बर्श भैसकेको छ थारुहट प्रदेशको माग गर्दा त्यहाँको जनताहरुको घर सम्पत्ति सब खरानी बनाइदिय कत्ती मारे कत्ती चेलीबेटीहरुलाइ बलात्कार गरेको तस्वीर संजाल उदि फ्याकियो अर्धनग्न गरि ।अहिले कत्ती जेलमा सडिएको छ कत्ती मरे जेलमै कैयौ सोझो सिदा थारुहरु प्रबासिन बाध्यता हुदा गरिदा किन बोलेन यो डेड करोड मुखहरु ?? कहाँ गयो आदिवासी जनजाति महासङ्घ ?? अहिले यो नाटक किन ?? किन यो फेसन ??

आज पृथ्वीनारायण साहको नाउँमा ढुङ्गामा थुकेर पायो के जुन मेटाउनु पर्ने पहिचान त ब्राह्मणबादले मेटाइ दियो अहिले ढुङ्गा थुकेर हाम्रो पहिचान फर्कियो पायो अधिकार ?? चाहिने बेला आन्दोलन गर्नुपर्दा घरको ढोकाबाट छिरिक्क कोहि ननिक्लिने आज यति र उतिले थुक्यो भन्दै महान बन्ने ??? आजभोलि मरेर गाको पृथ्वीनारायण शाह भन्दा पनि डरलाग्दो माको कुलाङ्गार अहिले छोटे डनहरु लाग्न थालेको छ जसको बिगबिगीले नेपाल र नेपालीहरुको आन्द्रा भुँडी खाइसकेको छ । त्यो देख्नु पर्दैन ??