ज्योति भन्छिन ‘केटामा ‘सिक्स प्याक’ नभए पनि त्यो कुरा राम्रो भए भइ हाल्यो नी ! (भिडियो)

छोटा पहिरन, वक्षस्थल देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्ज प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योती मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योती चर्चामै हुन्छिन् । उचाई, रुप, फिगरको हिसाबले ज्योती कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योती खोज्नेहरु पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो ।

मिठो स्वरकी धनी भएपनि ज्योतीको आवरण र कपडा लगाउने शैलीलाई बढि प्राथामिकता दिइन्छ । ज्योतीले अभिनेता राजेश हमालमाथि टिप्पणी गरेकी छिन् । नेपाल आजसँगको कुराकानीमा गफिँदै ज्योतीले राजेश हमालले जवानीमा गर्नुपर्ने कामहरु गुमाएको बताइन् । के गुमाउनुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘केटा मान्छे भएर जवानीमा गर्नुपर्ने पागलपन र डेटिङ राजेश दाइले गुमाउनुभयो । उमेरमा रमाइलो नगरेर के जेन्टलम्यान बन्नु ?’ कुरालाई खुलस्त पार्दै ज्योतीले केटा मान्छे भनेको राजेश हमालजस्तो नभएर भुवन केसीजस्तो हुनुपर्नेमा पनि जोड दिइन् ।

त्यसो त ज्योतीलाई धेरैले ‘हट एण्ड सेक्सी’ को ट्याग दिने गर्छन् । नेपाली फिल्म उद्योगमा ज्योतीलाई को ‘हट एण्ड सेक्सी’ लाग्छ त ? उनले आफूलाई नायिका माला लिम्बु र नायक सबिन श्रेष्ठ ‘हट एण्ड सेक्सी’ लाग्ने बताइन् ।

त्यस्तै ज्योतीलाई मनपर्ने अरु के के कुरा छन् त ? उनी आफूलाई गीत गाउँदा नखरा देखाउन मन लाग्ने बताउँछिन् । आफू पुगेको कार्यक्रममा झडप भएको पनि केही हदसम्म आफूलाई मनपर्ने बताउँछिन् उनी । ‘सिक्स प्याक’ भएका केटा मन नपराउने ज्योती साधारण केटाहरुमा पनि के चिज राम्रो छ भनेर नियाल्ने प्रयास गर्ने गर्छिन् ।