भारतको रेल कम्पनीले नेपालमा मचाएको लुटबारे पहिलोपल्ट सनसनीखेज खुलासा टिम रबिबाट

शारीरिक रूपमा अपंगता भएकाहरु प्रति राज्य गम्भीर छैन। विशेष क्षमता भएका विकलांगहरु सार्वजनिक सवारीमा कसरी चड्ने, शहरमा शौचालय कहाँ प्रयोग गर्ने, ४/५ तल्ले सरकारी कार्यालयहरुका १० कोठा, १० हाकिम,१० हस्ताक्षर कसरी लिने ?
रेल मार्ग बनाउने भारतीय कम्पनीको लुट । सम्पर्कमा आउदै सात गाँउ लुट्ने श्याम परदेशी !

शरीरिक रुपमा अपागंता भएका व्यक्तिहरुप्रति राज्य अत्यन्त विभेद देखिन्छ । संसार अपाङगता भएकाहरुलाई अरु भन्दा राम्रो सुबिधा प्रदान गर्दछ । तर हाम्रा नवनिर्माणहरुमा समेत शारीरिक अपाङगता भएकाहरुको बारेमा सोचिएको छैन । अन्य मुलुकले यो वर्गलाई गर्ने सम्मान, सुविधा र इज्जत तुलना गर्न खोजिएको होइन ।

विकसित देशको जस्तो सुविधा र सम्मान चाहिएन तर सामान्य मानविय सदस्यता त देखाउन सकिन्छ नि । ह्वील चियरमा शहरमा गुड्ने व्यक्तिहरुले यो मुलुकका शहरहरुमा कहाँ कसरी शौचालयको प्रयोग गर्ने ? सार्वजनिक सवारी साधन कसरी चड्ने ? आफ्ना शरीरका सबै अंग चलेकाहरुले हाम्रो समाजका विकलागंहरु प्रति सोचेको देखिएन । यो मुलुक केवल हात गोडा दिमाग चल्नेहरुका लागि मात्र हो ?

सुस्त मनस्थीति भएका ,दृष्टी विहिन, मानसीक रुपमा अशक्तहरुको दैनिकी बारे यति धेरै उदासिनता त अमानविय भएन र ? सडक पेटी छैनन, भएका ठाँउमा निर्माण सामाग्रि थुप्रिएका छन् । कतै खालि भए असभ्य जंगलीहरु बाइक, गाडी पार्किङ गरिदिन्छन् । राज्य त दृष्टीविहिन नेपाली दाजुभाई दिदी बहिनीसँग पनि त ट्याक्स लिन्छ नी । ट्याक्स तिर्ने जनतालाई दया चाहिएन तर सुविधा दिनु पर्दैन ?

घरमा सुस्त मनस्थिती भएका सन्तान स्याहारेर बसेका अविभावकहरुलाई भेटेर त हेर्नुहोस् । कष्टकर जीवन सिंगो परिवारले भोगीरहेको छ । अस्पताल, क्लिनिक, बसपार्क मात्र होइन सिनेमा घर, सपिङ मल सबका सब अपाङ्गमैत्री हुनुपर्छ । सपिङ गर्न र मनोरञ्जन गर्न शारीरिक दुर्वलता भएकाहरुले गर्नु नपर्ने ?

नीति निर्माता ज्युहरु १ घण्टा आँखा बन्द गरी यो शहरमा हिडि हेर्नुहोस, १ दिन घरबाट ह्वील चियरमा बसी शहर तिर जानुहोस, भएकै हात पछाडि बाँधेर सार्वजनिक सवारी साधनको प्रयोग १ दिन गरीहेर्नुहोस् । यो समाजमा सुविधा सम्मान र अधिकार सबैलाई चाहिन्छ, छुट्टै पार्कीङ, छुट्टै सिट विशेष छुट का साथमा छुट्टै लाइनको बिषेश व्यवस्था हुनु पर्छ ।

आफ्नो नाता, टोल, छिमेकमा शारीरिक दुर्वलता भएकाहरुसँग १ दिन विताउनुस् सायद नीति नियम बनाउँदा विशेष महत्व दिनुपर्ने कारण आफै थाहा पाउनु हुनेछ । यो दुनिया र यो दनियाका सुख सेवा सुविधा सबैले पाउनु पर्छ । कतिपय कर तिर्न जाने कार्यालयहरुमा ४/५ तल्लाका कोठा चोटाहरुमा १० पटक १० थरी कागजमा सहि गराउन ओहोर दोहोर गर्नुपर्छ । कि त अनिवार्य लिफ्ट राख्नु प¥यो कित सारा हाकिम साबहरुको कोठा भुइँतल्लामा सार्नु प¥यो । दया गरेर होइन सम्मान गरेर ।