वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा सम्मानित

जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय पहिचानका लागि नेपालको धार्मिक बैभब र परिचयका प्रतिकहरु पशुपति र वुद्धको मन्दिर स्थापनार्थ बिभिन्न देशका नेपालीहरुलाई अभिप्रेरित र उत्प्रेरित गर्दै सो उद्धेस्य प्राप्तीका खातिर कोष संकलन कार्यमा विस्वब्यापी रुपमा उल्लेख्य योगदान पुर्याउँदै आउनु भएका वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलज्यूलाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले सगौरब कदर-पत्र प्रदान गरेर सम्मान गर्नु भएको छ ।

कार्यक्रममा वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलले तपोभूमि र ध्यानभूमिका रुपमा परिचित संपूर्ण आधुनिक बिज्ञानको मूल श्रोतको रुपमा रहेको हाम्रो बैदिक ज्ञानको उदगमस्थल हाम्रो देशका यी प्राचिन संपदालाई समस्याग्रस्त आजको विस्वमा समय सापेक्षित बनाएर संभाबित सबै किसिमका सन्जाल मार्फत अगाडि बढन सकिएको खण्डमा विस्वमा नेपालले नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्ने सोंचका साथ आफू संस्थागत रुपमा अगाडि बढिरहेको बताउनु भयो । अन्य देशकाहरु बिदेशमा सयौं बर्ष बिताउँदा पनि आफ्नो भाषा र संस्कृतिलाई कायमै राख्दा नेपालीहरुको नयाँँ पुस्तामा भने आफ्नो भाषा नै पनि बुझ्न र बोल्न नसक्ने देखिएकोले यो समस्या समाधान गर्ने क्रममा आध्यात्मिक पाटोलाई पनि संगसंगै अगाडि लैजान बिभिन्न निकायसंग मिलेर काम गर्नु पर्ने आवश्यकता र संभावनाका बारेमा जोड दिनु भयो ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपाल सरकारले गर्नु पर्ने काम विस्वभरी छरिएर रहेका नेपालीहरुले छोटो समयमा अनपेक्षित उल्लेख्य उपलब्धी हासिल गरेर अभियानको उद्धेस्य प्राप्ती कार्यमा अब नेपाल सरकार आँफैले गर्दा पनि समस्या नहुने बातावरण तय गरिदिसकेको अवस्थामा अब अभियान र सरकार संयुक्त रुपमा अगाडि बढ्नु पर्ने समय आइसकेको बताउँदै अभियानले हासिल गरेका उल्लेख्य उपलब्धीहरु संक्षेपमा जानकारी दिंदै अभियानको अबको रणनीतिक कार्य योजनाबारे जानकारी दिनु भयो ।

कार्यक्रममा वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलका सहयोगीहरु डा बिष्णु खनाल र बिनोद बाबु ढकालले संस्थागत महत्वपूर्ण जानकारी प्रदान गर्नु भएको थियो भने अस्ट्रेलियाको लेबर पार्टीका टार्नेट शाखाका अध्यक्ष डा महेश भण्डारी, अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरका प्रतिनिधि प्रेम प्रशाद कंडेलले पनि मन्तब्य राख्नु भएको थियो भने डा भावना पोखरेल, दर्पणा घिमिरे लगायत केहीले छलफलमा सकृय सहभागिता जनाउनु भएको थियो ।

स्मरण रहोस, तीन हप्ता अघि मात्रै नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएका थिए ।

यस अघि अभियानले पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड, पूर्व मन्त्री एबं पूर्व राजदूत दीप कुमार उपाध्याय र पूर्व राजदूत कमल प्रशाद कोइरालालाई सम्मान, राष्ट्रिय स्तरका कलाकारहरु मनोज गजुरेल, प्रेमराजा महत, जीवन शर्मा, बद्री पंगेनी, प्रमोद खरेल, धिरज राई, कोमल ओली, मीना लामा, सुनिता दुलाल, सुस्मा अधिकारी, रेखा थापा आदिलाई सांस्कृतिक दूत र भिक्षु मगर, वरिष्ठ पत्रकार चेतन पन्त, हरी श्रेष्ठ र सरोज अर्याललाई अभियानको शान्ति दूतको रुपमा नियुक्त गरिसकेको छ् । त्यसै गरी निलेश अधिकारी पर्यटन, श्रीकुमार श्रेष्ठ शिक्षक, किशोर कुइंकेल स्काउट विद्यार्थी, अल्फा श्रेष्ठ पर्यावरण विद्यार्थी, सविता भट्ट कलेज स्टुडेन्ट दूत, आर्य पोखरेल विद्यार्थी दूत र सुनिता बस्नेत दूतको रुपमा नियुक्त भैसकेका छन । डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरलाई अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त गरिएको छ ।

त्यसै गरी मिस वोर्ल्ड अस्ट्रेलिया न्यासनल फाइनालिस्ट राशी कपूर, मिस श्री लंका अस्ट्रेलियाका कार्यकारी साभ जैनुदिन, मिस श्री लंका अस्ट्रेलियाका २०१५ का मिस फोटोग्राफिक सारा लियान्जे, अस-लंका बिजिनेस काउन्सिलका अध्यक्ष एबं मिस श्री लंका अस्ट्रेलियाका कार्यकारी निर्देशक डिल्की पेरेरा, ब्राड क्लार्क, ग्राएम केण्टलाई फ्रेण्ड्स अपह नेपालको रुपमा नियुक्त गरिसकेको छ अभियानले फरक फरक कार्यक्रमका बीच ।