Saturday , September 23 2017
Breaking News

युएईमा प्रथम सहिद क्या लखन थापा मगरको १४०औ स्‍मृति तथा ३५औं मगर दिवस सम्पन्न !

स्कटनेपाल काठमाडौँ : ०४ मार्च २०१७
युएई सम्बाददाता \
नेपाल मगर संघ शाखा युएई द्वारा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४०औ स्‍मृति तथा ३५औ मगर दिवस कार्यक्रम गत शुक्रबार युएईको चर्चित शहर दुबइ स्थित ईम्पेरियल सुइट होटेलमा बिभिन्न संस्कृतिक झाँकी सहित सम्पन्न गरेको छ ।
संघका अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावास युएईका कार्यबाहक महामहिम राजदुत नेत्र टन्डन ज्यु रहनु भएको थियो भने, विशिष्ट अथितिमा नेपाल मगर संघ केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्ति मगर, बिशेष अतिथिहरुमा नेपालका चर्चित मोडेल तथा कलाकार आरुषी अस्लामी मगर, अन्तराष्ट्रिय मन्चका सदस्य गिरिमान थापा मगर साथमा नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष डेर राज तमु, अतिथिहरुमा संघकै प्रमुख संरक्षक, संरक्षक, सल्लाहकारहरु साथै जनजाति महासंघ युएई संग आवद्धता एघार वटै जातीय संस्थाका प्रमुखहरु उषा तमु, महेश मोक्तान,नर बहादुर सुनुवार, किशोर चौधारी लगायत थिए भने, बिभिन्न राजनैतीक दलहरु बाट भिम गुरुङ सविनाय, चित्र केसी, त्यसै गरी नेपाली समाज युएईका अध्यक्ष सि पि सापकोटा, पत्रकार लाल बहादुर ढेगा, मितेरी समाज युएईका प्रमुख संरक्षक प्रेम रिजाल साथै प्रायोजकहरु फिस्टेल ट्राभलबाट संचलिका मोती राइ, परदेशी चलचित्र युनिटबाट निर्माता तथा कलाकार डिल तमु महादेब, Index एक्स्चेजका सुस्मिता श्रेष्ठ लगायत बिभिन्न संघ संगठनबाट सामाजसेवी तथा बुद्दिजिबी अतिथी रहेका थिए ।
कार्यक्रमको उद्घाटन ३५वटा दिप प्राज्वलन सहित राष्ट्र प्रति समर्पित राष्ट्रिय गान र प्रथम सहिद क्या. लखन थापा मगरको तस्वीरमा मल्यार्पण गरि विभिन्न काल खण्डमा देशको लागि बलिदान दिने ज्ञात तथा अज्ञात सहिदहरु प्रती स्मरण गर्दै १ मिनेट मौन धारण गरिएको थियो।
कार्यक्रममा उपस्थित रहनु हुने पाहुनाहरुलाई कलाकारहरु द्वारा स्वागत गान र कार्यक्रम संयोजक संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र राना मगरले सम्पूर्णलाई स्वागत तथा धन्यवाद मन्तव्य राख्नु भयो ।
संघ भित्र लामो समय देखि निरन्तर रुपमा सहयोग गर्नु हुने उप संरक्षक असोक रम्जाली मगर , सल्लाहकार तथा निवर्तमान अध्यक्ष भरत राज राना मगर , केन्द्रिय उपाध्यक्ष सुश्री शिला राना मगर , कोषाध्यक्ष नुरेन्द्र मगर र अल एन क्षेत्रीय समिति बाट यमन घर्ती मगर , दुबई क्षेत्रीय समिति बाट कला थापा मगर , मुसाफा क्षेत्रीय समिति बाट बिरेन्द्र चितौरे मगर लगायत कार्यक्रम सफल सम्पन्न गर्नको भिसा र टिकट प्रयोजन सहित आर्थिक सहयोग गर्नु हुनेलाई समेत सम्मान गरिएको थियो ।
मन्तव्यको क्रममा खाम भाषा जागरण युएईका प्रतिनिधि पृथ्वी छक मगरले आफ्नो भाषामै मन्तब्य दिदै युएईमा अर्को मगर संघ खोलेकोमा दु:ख व्यक्त गरिएको र मगरहरुमा एकता हुनु पर्ने मुख्यतय मगरहरुले तीन थरिका भाषा बोल्ने हुँदा समस्या देखिएको बताउनु भयो ।यसैगरी जनजाति महासंघका अध्यक्ष डेर राज तमुले हामी सामाजिक बाट राजनितिक रुपन्तरण हुन सके मात्र जनजातीको भलाई हुने बताउनु भएको थियो भने, मगर अन्तराष्ट्रिय मन्चका सदस्य तथा कार्यक्रमका बिशेष अतिथि गिरिमान थापा मगरले अबको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो पहिचान भएको बताउनु भएको थियो । यसैगरी नेपाल मगर संघ केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथि गुरु प्रसाद घर्ती मगरले बि सं १९३३ फाल्गुन २ गोर्खा सहादात प्राप्त लखन थापा मगरलाई जनजाती भएकै कारणले पहिलो सहिद घोषणा ढिला गरेको साथै अब जनताजातीले आफ्नो सस्कृति सस्कार, परम्परा भाषा भेष भुषा बिर्सें आदिबासी जनजातीको पहिचान बिर्सिने जिकिर गर्नु भयो भने भाषाकै कारण बिभेद गरिएको अब नेपालमा घरमा लोग्नेस्वास्नीले पनि नबोलेको भाषा संस्कृति विश्वा बिद्यालयलाई बहुभाषी विश्वाबिध्यालय घोषणा सरकारले गर्नु पर्ने विषय प्रतिको मागलाई नेपाल मगर संघले गम्भीरताका साथ अगाडि बढाउने र हाल नेपालमा संघियतालाई गलत अर्थ लगाएको मगरात राज्य हुँदैमा मगरले मात्रै अधिकार नहुने सबै जात जातीले समान अधिकार रहने र हामी हाम्रो बहुल्यता भएकै मगरात राज्य माग गर्ने कुरा बताउनु भयो ।भारतका तमिलनाडु,पंन्जाब,गुजारात जस्ता राज्य जातीकै आधारमा बनेका संघिय राज्यहरु हुन तसर्थ सबैलाई भ्रममा न पर्न न पार्न हामी बिनम्र अनुरोध गर्नु भयो ।यसै गरी प्रमुख अतिथी महामहिम नेत्र टन्डनले आफु प्रबासमा रहे पनि गाउँघरमा बसे झै महसुस भएको म ९०% मगर बस्तीमा हुर्केर पनि यस्तो संकृति नभेटिएको अहिले बिभिन्न जनजातीहरुले गरेको कार्यक्रमले हामीलाई नेपाली भनेर चिनाउन युएईमा थप उर्जा मिलेको पनि बताउनु भयो ।
यसै गरी औपचारिकलाई बिसर्जन गरी उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रमका सभापतित्व गरिरहनु भएको राजु सिंजाली मगरले आफ्नो संघको लागि जुन सुकै कदम चल्न तत्परता रहेको बताउनु भयो ।
दास्रो चरणको सस्कृतिक कार्यक्रम मगर जातिको संस्कृतिमा प्रख्यात र इतिहास मानिने सोराठि नाच बाट अनौपचारिक कार्यक्रम शुरुआत गरेको थियो भने , कार्यक्रमको बिशेष आकर्षक प्रस्तुति भने नेपालका चर्चित मोडेल तथा डन्सार अरुषी अस्लामी मगरको प्रस्तुतिलाई उपस्थित सम्पूर्ण दर्शकहरुले ताली बजाउन वाध्य परेकी थिएन । अती सुन्दर नृत्यकार मगरको दर्शकहरुबाट निकै प्रंशसा पाएका थिए । मगर समुदायमा अती प्रचालित सोराठी,कौडा,सलैज्यु र पञ्चै बाजामा प्रत्यक्ष दोहोरी समेत रहेको थियो ।अतिथी,बिशेष अतिथी अतिथिहरु सहित दर्शकहरु सबैलाई नचाउन सफल रहेको थियो ।
उक्त कार्यक्रमको औपचारिक कार्यक्रम संघका महासचिब हर्क थापा मगर थियो भने, संस्कृतिक कार्यक्रममा संस्कृतिक बिभाग प्रमुख संस्कृतिक संयोजक भुवन मगर साथै बिशेष सहयोगिमा सानिका थापा मगर र सिता रजाली मगरले संचालन गरेका थिए ।

Leave a Reply