आज भोलि नेटबाट के के सम्म हुन्छ महेश नेपालले यसरी गरे भण्डाफोर (भिडियो)

लोकप्रीय युवा लेखक महेश नेपालले लेखेका गितहरु निरन्तर बजारमा आईरहेका छन । उनैले लेखेको रोमान्टिक गित Viber Imo Whats यतिबेला डिजिटल बजारमा छ । यस गितमा बहुचर्चित गायक राजु परियार र गायिका भुमिका शाहको स्वर रहेको छ । ईन्टरनेटले नेपाली समाजमा पारेको प्रभावलाई गित मार्फत तीखो प्रहार गर्नुको साथै सन्देश पनि दिईएको छ । भिडियो प्रशान्त पौडेलको निर्देशन, चक्र बरालको छायाँकन र मनोज कार्कीको सम्पादनमा तयार भएको हो । गितमा मनिष र काजोलको जिवन्त अभिनय देख्न सकिन्छ । यस गित कामना डिजिटल प्रा. लि.को प्रस्तुतिमा बाग्लुङ्ग गल्कोट नब युवा रोधीघरको पहिलो कोसेलीको रुपमा आएको हो।
हेरौ भिडियो