डा. केसी पक्राउ परेको शिक्षण अस्पतालमै मृत्युसँग लडिरहेका छन् हिम

काठमाडौं । दुबै मृगौला फेल भएपछि कैलालीको घोडाघोडी नगरपालिका १३ फाराम घर भएका हिम बहादुर बोहरा जीवन मरणको दोसाधमा छन् ।

विगत ३ वर्षदेखि मृगौला पीडित बोहराको आर्थिक अवस्था कम्जोर भएका कारण घरमै उपचार गराउदा ठीक नभएपछि उनी अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्युसँग लडिरहेका छन् । उनी लडिरहेकाे अस्पतालका सेवा सुधारसहितका माग राखेर अनसन बसेकाे डा‍. गाेविन्द केसी भने पक्राउ परेका छन् ।

आर्थिक अवस्था कम्जोर भएका बोहराका बुबा र्हक बोहराले ज्यामी काम गरेर श्रीमती पार्वती बोहराको पाठेघरको उपचार गराए तर, छोराको उपचारको लागी अहिले उनी सबै नेपालीसँग हात जाडदै छोराकोे जीवन बचाई दिन अनुनय विनय गरिरहेका छन् ।

चिकित्सकले बोहराको दुई महिना भित्रै मृगौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन् । तर, आर्थिक अवस्था कमजोर भएका कारण हिमको उपचार गर्न नसकेपछि परिवार बिचल्लीमा परेको छ ।

२१ वर्षीय बोहरा उपचारका लागि काठमाडौमै छन । उनको मृगौला प्रत्यारोपणका लागि कम्तीमा ५ लाख रकम लाग्ने चिकित्सकहरुको भनाई छ । अहिले बोहराको उपचारको लागी आफन्तहरुले काठमाडौ र धनगढीमा सहयोग रकम संकलन गरिरहेका छन ।

हिम बचाउ अभियानका संयोजक सुरेन्द्र बोहराले भने, ‘हामी अहिले हिम बचाउ अभियानमा रहेको र सबै नेपाली दाजुभाई, दिदिबहिनी संग सहयोग मागीरहेकाले सबैले सक्दो आर्थिक सहयोग गरीदिन आग्रह गर्दछु । मृगौला पीडित बोहराको यस अघि भारतको भिन्न ठाँउ लगाएत कोहोलपुरमा पनि उपचार गराउदा ठिक नभएपछि अहिले उहाँको अहिले काठमाडौँमा उपचार गराइरहेकाले सहयोगको अपिल गर्दछु ।’

अहिले अभियानमा सुदुरपश्चिम युवा समाज लगाएत वभिन्न ठाँउमा अभियान चलाईरहेका छन । अभियानमा सुरेन्द्र बोहरा काठमाडौ, कृष्ण बोहरा धनगढी , उध्व केसी अमेरिका , टिका अधिकारी युके, दिवान बोहरा कोरिया र भारतबाट अम्बा दत्त भट्ट, रुविना क्षेत्री, भरत भट्टराई लगायत सक्रिय छन् ।

सहयोग गर्न चाहानेले मंगलबजार ललितपुरमा रहेको मृगौला पिडीत हेम बोहराको खाता नम्बर “प्रभु बैङ्क मा रहेको ०३२०१०००९४२४३३०००००१” अथवा नागरिकता नम्बर ६७–०१–७३–०८–०७६ मा पठाएर सहयोगको अपिल गरिएको छ । मृगौला पीडित हिम बोहराकोः मोबाइल नम्बर पनि दिइएको छ । ९८२२५४२४८२ नम्बरको मोबाइले उनले आफ्नै साथमा राखेका छन् ।