डा गोबिन्द केसीको समर्थनमा रबिन्द्र मिश्र, गगन थापा साथै जनताको उर्लियो बिरोध प्रदर्शन (भिडियो सहित)

डा. गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ परेका डा. गोविन्द केसीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।सर्वोच्च अदालतले मानहानीको अभियोगमा डा. केसीलाई मंगलवार ९ बजे अदालत उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई आदेश दिएसँगै पक्राउ गरेर सिंहदरबार हिरासतमा राखेको थियो ।

केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । सोलगत्तै अदालतले उनलाई पक्राउ गरेर अदालतमा हाजिर गराउन निर्देशन दिएको हो ।त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा केसीले अदालतविरुद्ध टिप्पणी गरेका थिए । अहिले डा गोबिन्द केसीको समर्थनमा बिरोध प्रदर्शन भैरहेको छ ।

भिडियो यहाँ बाट हेर्नुहोला :