आजको राशिफल : वि.सं. २०७४ पौष २५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जनवरी ०९ तारिख

भोलि वि.सं. २०७४ पौष २५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जनवरी ०९ तारिख
भोलिको चाडपर्व र उत्सव : भौमाष्टमी व्रत, गोरखकाली पूजा, साहित्यकार लेखनाथ पौड्यालको जन्मजयन्ती

माघ कृष्णपक्षको अष्टमी तिथि, बेलुका ०९:०० बजेसम्म, त्यसपछि नवमी तिथि,

चित्रा नक्षत्र, (अहोरात्र व्याप्त)

भोलिको चन्द्रमा कन्या राशिमा, बेलुका ०७:११ बजेसम्म, त्यसपछि तुला राशिमा,

अतिगण्ड योग, दिउँसो १०:४७ बजेसम्म, त्यसपछि सुकर्मा योग,

सुरुमा बालब करण बिहान ०८:५७ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०९:०० बजेसम्म, अन्तिममा तैतिल करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२४ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०२:४७ देखि ०४:०६ सम्म

यमघण्ट : बिहान ०९:३४ देखि १०:५३ सम्म

गुलिक काल : दिउँसो १२:११ देखि ०१:२९ सम्म

भोलिको वारवेला :–
रोग वारवेला : बिहान ०६:५८ देखि ०८:१६ सम्म, साँझ ०४:०५ देखि ०७:०६ सम्म र मध्यरात्रीपछि ०५:१६ देखि ०६:५८ सम्म

काल वारवेला : दिउँसो ०१:२९ देखि ०२:४७ सम्म र बेलुका ०७:०६ देखि ०८:४७ सम्म

लाभ वारवेला : दिउँसो १०:५३ देखि १२:११ सम्म र बेलुका ०८:४७ देखि १०:२९ सम्म

उद्वेग वारवेला : बिहान ०८:१६ देखि ०९:३४ सम्म र बेलुका १०:२९ देखि १२:११ सम्म

शुभ वारवेला : दिउँसो ०२:४७ देखि ०४:०६ सम्म र मध्यरात्रीपछि १२:११ देखि ०१:५३ सम्म

अमृत वारवेला : दिउँसो १२:११ देखि ०१:२९ सम्म र मध्यरात्रीपछि ०१:५३ देखि ०३:३४ सम्म

चर वारवेला : बिहान ०९:३४ देखि १०:५३ सम्म र मध्यरात्रीपछि ०३:३४ देखि ०५:१६ सम्म

भोलिको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com