समिर बिष्णु खत्रीले ल्याए ” नाता टुट्यो नंग र मासुको” (भिडियो सहित)

संगीत क्षेत्रमा निरन्तर लागी परेका युबा सर्जक तथा मोडल मोहन के सी ले अभिनय गरेको गीत बजारमा आएको छ ।रंगीन मिडियाले बजार ब्यबस्थापन गरेको गीतमा युबा सर्जक तथा गाएक समिर बिष्णु खत्रीको लय तथा गोबिन्द बी सी र समिर बिष्णु खत्रीको शब्द रहेको छ। देवी घर्ति मगर र समिर बिष्णु खत्रीको आवाज रहेको गीत लोक दोहोरि क्षेत्रमा छुट्टै पहिचान बोकेको गीत हो ।
चर्चित निर्देशक बिष्णु भट्टराईले निर्देशन ,छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा मोहन के सी ,सनया खड्का र नबिन मरासिनीको अभिनय रहेको छ । रोजगारीको सिल सिलामा नेपाल छोडेर बिदेशी भूमिमा (कोरीया ) रहदै आएका गाएक समिर बिष्णु खत्रीको यो गीतले सफलता पाओस हाम्रो शुभ कामना ।।