मुस्कानले ल्याइन कमल र सारिकाको लागि सिन्दुर (भिडियोमा हेर्नुहोस)

काठमाडौ,१८ पुस ।
नेपाली साङ्गितिक जगतमा उत्कृष्ट अभिनय मार्फत छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल कमल विष्ट फेरि दर्शकमाझ आफ्नो उत्कृष्ट अभिनयका साथ देखिएका छ्न ।महाबु फिल्मस प्रालिको प्रस्तुतिमा भर्खरै सार्वजनिक भएको मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”मा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गितको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल सारिका केसिले उनलाई साथ दिएकी छ्न ।

गायिका मुस्कान घिमिरेको एकल अवाजमा रहेको यो गितको शब्द/संगित पनि गायिका घिमिरेकै रहेको छ।गीति एल्बम सिन्दुरलाई बिक्रम चौहानले निर्देशित गरेका छ्न । म्युजिक भिडियोको छयाङ्कन भने प्रकाश खड्काले गरेका हुन । म्युजिक नेपाल प्रालिले बजारमा ल्याएको यस गितलाई मिलन विकले सम्पादन गरेका हुन ।

माया प्रेमका निकै मार्मिक शब्दले प्रस्फुटीत यो गितलाई धेरौ दर्शक र श्रोताले साथ दिने निर्माण पक्षले अपेक्षा गरेका छ ।

(भिडियोमा हेर्नुहोस)[youtube https://www.youtube.com/watch?v=6mLoIijjtZU&w=560&h=315]