केपी, प्रचण्ड र रामचन्द्र एउटै मञ्चमा उभिदा रामचन्द्र किन जंगिए ? (भिडियो)

एमाले अध्यक्ष केपी ओली, माओवाली केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल एउटै कार्यक्रममा पुग्दा एक अर्कालाई अटाक्ष गर्न भ्याएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताउनुभएको हो । वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने ओलीले बताए । माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने ओलीले बताए ।
यसैबीच माओवादी अध्यक्ष प्रचण्डले सबैभन्दा धेरैले मतले जित्ने अपेक्षा गरिएका वाम गठबन्धनका वाम गौतम पराजित हुँदा नमीठो लागेको बताएका छन् । एमाले उपाध्यक्ष गौतम प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । शनिबार गौतमकै पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभामा आउनुपर्ने गौतम हार्दा नमीठो लागेको बताए । प्रचण्डअघि बोलेका कांग्रेस नेता रामचन्द्र पौडेलले चुनावमा पैसाको खोलो बगेको बताएका थिए । तनहुँ १ मा पराजित पौडेलले यसले लोकतन्त्र र प्रजातन्त्रलाई घायल बनाएको र भोलि थला नै पार्ने त होइन भन्ने लागेको बताए । प्रचण्डले पौडेलले भनेजस्तै पैसा र विसंगतिको मारमा वामदेव परेको बताए ।
[youtube https://www.youtube.com/watch?v=KPKIkzG0KDM&w=640&h=360]