तेरियाले यमबुद्धको र्‍याप गीत गाउदा रसाए कयौंका आँखा (भिडियोसहित)

कलाकार तेरिया मगरले स्वर्गीय चर्चित र्‍याप गायक अनिल अधिकारी ‘यमबुद्ध’ गीत गएपछि उनको सम्झनामा धेरैका आँखा रसाए । नेपाली युवाहरुमाझ निक्कै प्रिय रहेका यमबुद्धको गत माघमा लण्डनमा रहस्यमय निधन भएको थियो ।

साउथह्यारोस्थित घरको बाथरुममा उनि झुण्डिएको अबस्थामा भेटिएका थिए । उनको निधनपछि लाखौं फ्यानहरु दुखि हुनु स्वाभाविक हो । भौतिक रुपमा नभएपनि आफ्नो कला र गलाका कारण उनि नेपालीहरुको मनमुटुमा जिवितै छन । यसैबीच आफ्नो जन्मदिनको अवसरमा फेसबुक लाइभमा कलाकार मगरले यमबुद्धको गीत गाएपछि धेरैलाई भावुक बनाएको हो ।

हेरौं भिडियो