थोरैमात्र पैसा थपिदेऊ, म आफ्नै देशको सिपाही बन्छु भन्ने सामान्य माग राखेको निहुमा एकजना युवालाई कालीकोटमा सरकारी सुटरहरुले गोली हानेर मारे

ज्वाला संग्रौला,

थोरैमात्र पैसा थपिदेऊ, म आफ्नै देशको सिपाही बन्छु भन्ने सामान्य माग राखेको निहुमा एकजना युवालाई कालीकोटमा सरकारी सुटरहरुले गोली हानेर मारे। नागरिकका झिनामसिना समस्यालाई सम्बोधन नगरी आबेगमा आएर उनीहरुलाई लास बनाउन भाडाका बर्दीवाला गुण्डाहरु खटाउने हुतियार धोतिलुँडे सरकार र नयाँ सरकारमा जान र्याल चुहाईरहेका गठबन्धनका जर्मन सेफर्डका आत्माहरु कुन दुनियामा भड्किरहेका छन्? हिजो तिमी डाकाहरुकै भविष्य मतपेटिकाभित्र बन्द गरेर सुरक्षा दिने म्यादी प्रहरीमाथी यत्रो ज़्यादती र हर्कत भैरहँदा तिमेर्को गिदी कति डिग्रीको कोणमा ढल्किदै छ हँ घाँसहरु?जाबो एउटा म्यादी प्रहरीको समस्या सुन्न नसक्नेले चुनाबमा खटिएका ९८ हजार युवा जवानहरुलाई कसरी ब्यबस्थित गर्छौ?

युवालाई देशभित्रै रोजगारी भनेर घोषणापत्रको झत्तो हल्लाउँदै हिजो भोट माग्ने अनि आज तिनै युवालाई ब्यबस्थित गर्नुभन्दा मार्नु निको ठानेर गोली चलाउने तिमी मुलाहरुलाई अझ हामी बिदेशमा पसिना बगाईरहेकालाई पनि रोजगारी दिन्छौँ नेपाल आईज भन्दै झुट्ठा आश्वासनहरु देखाउन लाज छैन? कसरी दिन्छौ हामी पचास लाख युवाहरुलाई रोजगारी? अलेलि भएका कलकारखाना , उधेगधन्दा सब बेची खायौ।के मा जागिर दिन्छौ? हिम्मत छ हामी ५० लाखलाई धान्न? गर्नु छ त पहिला देशभित्रकै रहरलाग्दा र बिकाशका मेरुदण्ड युवाहरुका लागि पहल गर, तर ठूल्ठूला गफ छाँटेर हामी परदेशिएका हरुलाई अल्मल्याउने कोशिस नगर। हाम्रो जेनतेन गुज़ारा चलेकै छ। समय आएपछि हामी आफैं तिमीहरुका छातीमा र ढाडमा पसिना निकाल्न आउने छौं।देश बाहिरबाट अभियान पनि सुरु भैसक्यो।प्रतिक्षा गर गणतन्त्रको एकधर्को लँगौटीले लाज छोपेका बतासे ब्रोइलर कुखुराका भालेहरु!हेर त यी बिचरा लाखौं युवाहरुको भविष्य..!! नेता ज्यु,कतिपनि चित्त दुख्दैन यस्तो देख्दा??

 
देश बनाउने स्वाभिमानका सपनाहरु त्यागिदिनुस्