ठाक्कै कसरी मिल्न गयो कृ र डन–टु को ट्रेलर (भिडियो सहित)

पछिल्लो समय युवाहरुको ढुकढुकी बन्न सफल मेघा स्टार भनेर चिनिने अनोमोल के.सी द्धारा अभिनित नेपाली चलचित्र कृ को ट्रेलर सार्वजानिक भएको छ । उसो त उनलाई चिनाउनको लागि आफ्नै बाबाको नाम पनि काफी छ तर अब उनलाई नेपाली सुपरस्टार भुवन के.सी का छोरा अनमोल के.सी भनेर चिनाइ रहन पर्दैन उनको आफ्नै छुट्टै पहिचान बनीसकेको छ । मेघा स्टार अनमोल के.सीले अभिनय गरेको सबै चलचित्र अहिले सम्म सुपरहिट भएको छ । सबै चलचित्रहरु बाट पाएको अपार सफलता पछि अहिले उनको चलचित्र कृ को ट्रेलर सार्वजानिक भएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो भएको अनुमान लगाउन सकिन्छ । एक्सान साथमा अनमोलको न्यु लुक्सको कारण पनि फिल्म अझ राम्रो भएको देखिन्छ भने केही संवादहरु भने हिन्दी फिल्म डन–टु संग मिल्न गएको देखिन्छ । भर्खर सार्वजानिक भएको कृ को ट्रेलरमा लाउरे लाउरेनीले गरेको भडियो रियाक्ट हेर्नको लागि तलको क्लिक गर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=iD0j5cKIadI&w=560&h=315]